कोलकाता, 10 अगस्त (हि. स.)। आइतवार बिहान एयरपोर्टदेखि हावड़ा गइरहेको एसबीएसटीसीको एक यात्री बसमा अचानक आगो लाग्यो। घटनाको सूचना पाउनसाथ दमकलका दुईवटा वाहन घटनास्थलमा पुगे साथै विमानबन्दर थानाको पुलिस पनि घटनास्थलमा पुग्यो। कड़ा परिश्रमपछि आगोलाई नियन्त्रण गरियो। बसमा सवार 25-30 जना यात्रीहरू सुरक्षित छन्। कुनै प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।
प्राप्त जानकारी अनुसार कोलकाता तर्फ जाने लेनमा कैखाली नजिक एयरपोर्ट होटल क्रसिंग नजिक गुड़िरहेको बसमा अचानक आगो लाग्यो। बसभित्र धुँवा फैलिएर यात्रीहरू भयभित भए, तर चालक र वरपर उपस्थित मानिसहरूले तुरून्त स्थितिलाई सम्हाले अनि यात्रीहरूलाई सुरक्षित बाहिर निकाले। यद्यपि बसलाई व्यापक क्षति पुगेको छ। अधिकारीहरूले मामिलाको जाँच गरिरहेका छन् ताकि आगलागीको कारण पत्तो लगाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा