होजाई (असम), 10 अगस्त (हि.स.)। होजाई स्टेशन रोड क्षेत्रको स्थिति तनाउपूर्ण भएको छ। गए राती दुईजना युवतीहरूद्वारा मुस्लिम युवकहरूसित जन्मदिन मनाइएको कारणले तनाउ उत्पन्न भएको हो।
मुजिबुर रहमान र हसिबर रहमान नामक दुईजना युवकहरूमाथिे हमला गरियो जसले गर्दा युवकहरू गम्भीर रूपमा घाइते भएका छन्। जन्मदिन मनाइरहेका युवक-युवतीहरूलाई स्थानीय मानिसहरूले कुटपिट गरेपछि स्थिति तनाउपूर्ण भयो। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको होजाई पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो। तथापि यस घटनालाई लिएर अहिले पनि क्षेत्रमा तनाउ यथावत छ।
भनिन्छ, युवक-युवतीहरू दुई भिन्न धर्मका थिए। यसको जानकारी पाउनसाथ स्थानीय मानिसहरूले विरोद गर्दै उनीहरूलाई कुट्न थाले।पुलिसले लगातार क्षेत्रमा गस्ती गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा