पूर्व मेदिनीपुरमा लरीले पसलहरूलाई पेल्यो, दुई वटा शव भेटियो
पूर्व मेदिनीपुरमा लरीले पसलहरूलाई पेल्यो, दुई वटा शव भेटियो


पूर्व मेदिनीपुर, 10 अगस्त (हि.स.)। जिल्लाको पांशकुड़ा क्षेत्रमा गए शनिवार राती तीव्र गतिमा गुड़िरहेको एक अनियन्त्रित लरीले सड़क किनारमा रहेका चारवटा पसलहरूलाई पेल्यो। घटना राष्ट्रिय राजमार्ग-6 स्थित सिद्ध बजार क्षेत्रमा भएको हो। प्राप्त जानकारी अनुसार अहिलेसम्ममा दुईवटा शवलाई उद्धार गरिसकिएको छ। यस घटनामा सात-आठजना मानिसहरूको ज्यान गएको आशंका व्यक्त गरिएको छ। दुर्घटनाग्रस्त लरीलाई क्रेनको माध्यमबाट हटाइयो।

सूत्र अनुसार सिद्ध बजार नजिक एउटा लरीले स्टेशनरीको पसल, पान र मिठाईको पसललाई कुल्चियो। अनुमान छ, वाहन चालक मातेको थियो जसले गर्दा वाहनको गतिलाई नियन्त्रण गर्न सकेन।

आशंका छ, ती पसलहरूमा रहेका सबै मानिसहरूको मृत्यु भएको छ। दुर्घटनाको खबर पाउनसाथ पुलिस तुरून्त घटनास्थलमा पुग्यो। क्रेनले घातक लरीलाई हटाएर बचाउ कार्य द्रूत गतिमा शुरू गरियो। घटनास्थलबाट दुई वटा शवलाई उद्धार गरिएको छ भने अवशेषहरूभित्र अन्य शवहरू पनि रहेको आशंका व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande