तिरंगा दौड़मा 7500भन्दा अधिक बाल-बालिकाहरूले दिए स्वच्छ एवं सशक्त भारतको सन्देश
तिरंगा दौड़मा 7500भन्दा अधिक बाल-बालिकाहरूले दिए स्वच्छ एवं सशक्त भारतको सन्देश


नयाँ दिल्ली, 10 अगस्त (हि.स.)। दिल्लीका शिक्षा मन्त्री आशिष सुदले आइतवार स्वतन्त्रता दिवसपूर्व त्यागराज स्टेडियमबाट तिरंगा दौड़लाई हरियो झण्डा देखाए। यस अवसरमा उनले भने, तिरंगा दौड़ले सड़कहरूलाई देशभक्ति एवं एकताको भावनाले भरिदियो। स्वतन्त्रताको उत्सव मनाउनका लागि 7 हजार 5 सयभन्दा अधिक बाल-बालिकाहरूले गर्वपूर्वक तिरंगा फहराए अनि स्वच्छ, सशक्त भारतको सन्देश दिए। शिक्षा मन्त्रीले पनि तिरंगा दौड़मा भाग लिए।

शिक्षा मन्त्रीले बताए, प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्र प्रेरित दृष्टि तथा मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा दिल्ली शिक्षा एवं खेल विभागद्वारा सो आयोजन गरियो। उनले भने, यो एउटा दौड़ मात्र होइन, देशको एकता, गर्व र हाम्रा अमर शहीदहरूप्रति कृतज्ञताको सशक्त सन्देश बनेर शहरभरि गुञ्जियो।

यो आयोजन हरेक घर तिरंगा अन्तर्ग गरिएको हो।

उल्लेखनीय छ, 'हरेक घर तिरंगा'-ले हरेक भारतीयलाई आफ्नो घरमा तिरंंगा लगाउन र हाम्रो देशको स्वतन्त्रताको उत्सवमा यसलाई गर्वपूर्वक फहराउने निम्तो दिन्छ। भारतीय राष्ट्रिय ध्वज एक प्रतीक मात्र होइन, हाम्रो सामूहिक गौरव र एकताको एक गहिरो प्रतिनिधि पनि हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande