कोलकाता, 10 अगस्त (हि.स.)। आरजी कर पीड़िताकी आमा गए शनिवार नवान्न अभियान अवघि घाइते भएकी थिइन्। उनको बाइपासस्थित एक निजी अस्पतालमा उपचार भइरहेको थियो। भाजपा नेता सजल घोषले बताए, आइतवार उनलाई कल्याणी एम्समा लगिनेछ।
आरजी कर पीड़िताकी आमा र शुभेन्दु अधिकारीसित अपरान्ह भेट गरेपछि भाजपा नेता सजल घोष गए शनिवार राती अस्पतालमा पुगे। उनले अस्पतालका अधिकारीहरूसित कुराकानी गरे। यस अवधि उनलाई अस्पताल प्रबन्धनप्रति आक्रोशित देखियो। उनले भने, यदि यहाँ उपचार गराइयो भने मारिदिन्छन्। किनभने दबावको कारणले निगरानीमा राखिँदैछ। एक प्रकारले भर्ती गरिएको छ। रोगी बोलिरहेका छन्, कुनै समस्या छैन, तर सरकारको दबावमा आएर एकजना रोगीलाई पनि फर्काइएको छैन, न त भर्ती गरिएको छ। एकजना डाक्टरको मृत्युपछि अस्पताल सरकारको दबावमा परेको छ।
अर्कोतिर बितेको शनिवार अभयाका पिताले अभया मञ्चको पछाड़ि लुकेको राजनीतिक सम्बन्धको खुलासा गरे। उनले बताए, अभया मञ्च सीपीएमसित जोड़िएको छ। तर मञ्चका संयोजकहरूमध्ये एक डा. तमोनाश चौधरी पीड़िताका पिताको यस टिप्पणीसित सहमत थिएनन्।
उनले भने, अभया मञ्च कुनै राजनीतिक मञ्च होइन। यो मञ्च कुनै राजनीतिक दलको अधिनमा छैन। निश्चित रूपमा यो एक राजनीति आन्दोलन हो। किनभने यस राज्यमा भएको क्रुर घटनाको विरोधमा हामी अभया मञ्चका साथी डाक्टरहरू, आम मानिसहरू यस घटनाको विरोधमा पछिल्लो 9 अगस्त, 2024-देखि नै सड़कमा छौं। यो एक राजनीतिक आन्दोलन भए पनि अभया मञ्च कुनै राजनीतिक दलको अधिनमा छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा