चराईदेव (असम), 10 अगस्त (हि.स.)। सोनारीको मञ्जुश्री चिया बगानमा परित्यक्त अवस्थामा एक नवजात बालिकालाई भेटिएको घटनाले क्षेत्रमा खैलाबैला मच्चिेको छ। पुलिस सूत्रले आज बतायो, असम-नागाल्याण्ड अन्तर्राज्यीय सीमावर्ती क्षेत्रको चिया बगानस्थित लाहदेगड़को 29 नम्बर जेंग लाइनमा नदीको किनारमा परित्यक्त अवस्थामा एक नवजात कन्यालाई देखियो।
स्थानीय मानिसहरूले नवजातलाई देखेपछि मञ्जुश्री चिया बगानको अस्पतालाई सूचना दिए। सूचना पाउनसाथ चिया बगानका स्वास्थ्यकर्मी आशाकर्मीलाई लिएर घटनास्थलमा पुगे अनि नवजात बालिकालाई आफ्नो सुरक्षामा लिए। यसबीच पुलिस र चाइल्ड लाइन लाई पनि घटनाको सूचना दिइयो।
पुलिसले नवजातलाई तुरून्त अस्पतालमा पुऱ्यायो जहाँ नवजातको अवस्था संकटजनक देखिएपछि उसलाई तुरून्त डिब्रुगढ़स्थित असम चिकित्सा महाविद्यालय एवं अस्पतालमा रेफर गरियो जहाँ नवजातको उपचार भइरहेको छ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा