नयाँ दिल्ली, 10 अगस्त (हि.स.)। दिल्लीका लोक निर्माण विभागीय मन्त्री प्रवेश साहिब सिंहले आइतवार कनट प्लेसको आउटर सर्किलमा जलभराउ प्रभावित क्षेत्रको भ्रमण गरे। यस अवधि उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, दिल्लीमा पछिल्लो दुई दिनदेखिको परिरहेको पानीपछि कनट प्लेसको आउटर सर्किलमा बाबा होटल नजिक सय मीटर क्षेत्रमा मात्र जलभराउको समस्या देखियो। उनले स्पष्ट पारे, गए शनिवार राती जलभराउको समस्यालाई प्रत्यक्ष रूपमा हेर्नका लागि उनी एक्लै यस स्थानमा आए जहाँ उनले थोरै मात्र जलभराउ देखे।
पीडब्ल्यूडी मन्त्री प्रवेश साहिब सिंहले भने, यहाँ सय वर्ष पुरानो ब्रिटिशकालीन ब्यारल सिस्टमलाई वरपरका भवनहरूले साँघुरो बनाइदिएको छ जसबाट जल निकासी बाधित हुन्छ। समाधानको लागि नयाँ पम्प जड़ान गरिएको छ र हरेक पोइन्टमा टेक्निकल स्टडी गरिँदैछ।
उनले भने, यस वर्ष जखिरा, मिन्टो ब्रिज, मूलचन्द, आईटीओ समेत पीडब्ल्यूडीका सड़कहरू लगायत 34 वटा क्रिटिकल पोइन्ट्समा जलभराव भएन जबकि बितेको दश वर्षदेखिको प्रत्येक वर्ष यहाँ पानी भरिन्थ्यो। जलभराउको सूचना पाउनसाथ म स्वयं तथा हाम्रो पीडब्ल्यूडीको टीमले घटनास्थलमा पुगेर तत्काल समाधान गरिरहेका छौं। हाम्रो संकल्प हो, आगामी वर्षहरूमा दिल्लीलाई जलभराउदेखि पूर्ण रूपमा मुक्त बनाउनु।
अर्कोतिर आम आदमी पार्टी (आआपा)-का दिल्ली प्रभारी सौरभ भारद्वाजले प्रेस कन्फ्रेन्सको माध्यमबाट पीडब्ल्यूडी मन्त्रीको भ्रमणलाई लिएर कटाक्ष गरे। उनले भने, दिल्लीमा जलभराउ हिजो भएको थियो, मानिसहरूको हिजो मृत्यु भयो, प्रवेश साहिब सिंह आज सड़कहरूमा जलभराउ खोज्न हिँड़ेका छन्। प्रवेश साहिब सिंह आज ती मानिसहरूको घरमा जानुपर्छ जसको हिजो मृत्यु भयो। ती नानीको घरमा जानुपर्छ जसको सीवरमा डुबेर मृत्यु भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा