मोरीगाउँ(असम), 10 अगस्त (हि.स.)। एक सिंगेो गैंड़ाको विचरण भूमि पोबितरा अभयारण्य जैव विविधता तथा मायंग क्षेत्रको कृषि भूमिको लागि एउटा खतरा उत्पन्न भएको छ। त्यस खतराकोनाम पार्थेनियम अर्थात् कांग्रेस घाँस हो। पार्थेनियमवा कांग्रेस घास एउटा यस्तो विषालु वनस्पति हो जुनवन्यजीवर मानव शरीरको लागि अत्यन्त खतरनाक अनि गम्भीर हो।
पार्थेनियम वन्यजीवहरूकोशरीरवामानव शरीरमा लाग्नाले एलर्जी जस्तो दुष्प्रभाव उत्पन्न गर्नसक्छ। यसको पुष्टि कृषि वैज्ञानिकहरूले पहिला नै गरिसकेका छन्। यसले वन्य जीवहरूको भुँड़ीमा पुगेर खराबी उत्पन्न गर्नसक्छ। यसका विषालु गुणहरूको कारणले कुनै पनि किट-पतंग वा वन्य जीवले यसलाई खाँदैन। यो झार अब पोबितराकोअभयारण्यभित्र फैलिसकेको छ।
अस्ट्रेलियार म्याक्सिको जस्ता देशहरूमा पहिलोपटकपार्थेनियम नामक विषालुप्रजातिकोयोवनस्पति विकसितभएको थियो। तर वर्तमानमा पोबितरा अभयारण्यभित्र यसको बढ़्दो मात्रादेखि अभयारण्य प्रबन्धन चिन्तितभएको छ।
पोबितराकावनस्पति अधिकारी प्रांजल बरूवाअनुसारयोवनस्पति पोबितराका धेरैवटा क्षेत्रहरूमा फैलिसकेको छ। स्थानीय प्रजातिका घाँसहरूको घनत्व कम रहेको स्थानमा पार्थेनियमले व्यापक रूपमा कब्जा गरिरहेको छ। त्यसैलेअभयारण्य प्रबन्धनले यस वनस्पतिलाई सफा गर्नको लागि विशेष कदम उठाएको छ।
आज पोबितराकोहात्ती क्याम्प नजिकैको क्षेत्रबाट चार ट्र्याक्टर पार्थेनियमलाई हटाइयो। पोबितरा अभयारण्य प्राधिकरणको प्रयासले पार्थेनियम उन्मूलन तथा जागरूकता अभियान आरम्भ गरिएको छ। ताकि पोबितरा सहित मायंग क्षेत्रमा यसलाई विस्तार हुन अगावै रोक्न सकियोस् तथा कृषि भूमिमासको प्रभावलाई पूर्ण रूपले निर्मूल पार्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा