मानाह राष्ट्रिय उद्यान संलग्न बारेंगाबारीमा सड़क दुर्घटना, तीन घाइते
मानाह राष्ट्रिय उद्यान संलग्न बारेंगाबारीमा सड़क दुर्घटना, तीन घाइते


बाक्सा (असम), 10 अगस्त (हि.स.)। बाक्सा जिल्लान्तर्गत मानाह राष्ट्रिय उद्यान संलग्न बारेंगाबारीमा गए राती एक भयानक सड़क दुर्घटना भयो। द्रूत गतिको इनोभा कारले एउटा ई-रिक्शालाई ठक्कर दियो। यस दुर्घटनामा ई-रिक्शा सवार तीनजना सवारीहरू गम्भीर रूपमा घाइते भए।

घाइतेहरूलाई गम्भीर अवस्थामा अस्पतालमा लगियो। घाइतेहरूको पहिचान केशव नाथ, शंकर बसुमतारी औ गीता उराँवको रूपमा भएको छ। जानकारी अनुसार यी तीनैजना मानिसहरू राती बजारबाट सब्जीको व्यवसा गरेर आ-आफ्नो घर फर्किरहेका थिए। यसै अवधि तीव्र गतिको इनोभा कार (एएस-01एफक्यू-1691)-ले ई-रिक्शालाई धक्का दियो। घटनास्थलमा स्थानीय बाँसबाड़ी पुलिसले पुगेर मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande