नशा गर्ने पैसाको लागि छोराले बुजुर्ग पिताको गऱ्यो हत्या
नशा गर्ने पैसाको लागि छोराले बुजुर्ग पिताको गऱ्यो हत्या


दक्षिण 24 परगना, 10 अगस्त (हि.स.)। जिल्लाको डायमण्ड हार्बर थाना अन्तर्गत डायमण्डल हार्बर- 2 ब्लकस्थित शुकदेवपुर गाउँमा गए शनिवार राती भएको एउटा घटनाले सबैलाई आश्चर्यचकित पारेको छ। नशा गर्ने पैसा दिन अस्वीकार गर्दा छोराले आफ्नो बुजुर्ग पिताको धारिलो हतियारले प्रहार गरी निर्मम हत्या गरिदियो। मृतकको पहिचान हरेन्द्रनाथ वैद्य (65)- को रूपमा भएको छ।

पुलिस अनुसार सदैव नशामा धुत रहने आरोपी सुप्रियो वैद्यले प्रायजसो नै पितासित पैसा माग्थ्यो। गए शनिवार राती पनि उसले पैसा माग्यो, तर पिताले दिन अस्वीकार गऱ्यो। यतिकैमा रिसाएर सुप्रियोले धारिलो हतियारले प्रहार गरी आफ्नो पिताको हत्या गरिदियो। घटनापछि उसले शवलाई घरको आँंगनमा फालिदियो। घरमा पिता-पुत्र मात्र रहेकोले घटनाको बारेमा तत्क्षण कसैले पनि थाहा पाएन। पछि छिमेकीहरूलाई शंका लागेर पुलिसलाई सूचना दिए।पुलिसले घटनास्थलमा पुगेर शवलाई डायमण्डर हार्बर मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो जहाँ डाक्टरहरूले पितालाई मृत घोषित गरिदिए।

पुलिसले आरोपी छोरालाई घटनास्थलबाटै पक्राउ गऱ्यो। मृतकको टाड़ामा रहेको आफन्तलाई पनि सूचना दिइयो जो पोस्टमर्टम प्रक्रियाको लागि अस्पतालमा पुगिसकेका छन्। यो घटनाले एकपटक फेरि छर्लङ्ग पारेको कि नशाको लतले कसरी कुनै पनि सम्बन्धको मान नराखी मनुष्यलाई जघन्य अपराध तर्फ धकेल्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande