नवान्न अभियान : शुभेन्दु अधिकारीले पुलिससित दुर्व्यवहार तथा अराजकता फैलाएको तृणमूल सांसदको आरोप
नवान्न अभियान : शुभेन्दु अधिकारीले पुलिससित दुर्व्यवहार तथा अराजकता फैलाएको तृणमूल सांसदको आरोप


हुगली, 10 अगस्त (हि. स.)। बितेको शनिवार नवान्न अभियान अवधि राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीमाथि पुलिससित दुर्व्यवहार गरेको आरोप लागेको छ। श्रीरामपुरबाट तृणमूल सांसद कल्याण ब्यनर्जीले नन्दीग्रामका भाजपा विधायक शुभेन्दु अधिकामाथि आरोप लगाएका छन्।

उनले भने, उच्च अदालतको दयाले मानिसहरूले देख्न पाइरहेका छन् कि विधानसभामा नेता प्रतिपक्ष यस्तो ठूलो अपराधी पनि हुनसक्छ। उच्च अदालतले पनि हेर्नुपर्छ।

आइतवार तृणमूल सांसद कल्याण ब्यनर्जीले श्रीरामपुरको गंगा दर्शनस्थित आफ्नो आवासबाट आरोप लगाए, नवान्न अभियानको नाममा अराजकता फैलाइयो। भाजपाले सरकारी सम्पत्तिलाई नष्ट गरिदिएको छ। नवान्न अभियानको नाममा शुभेन्दु अधिकारीको नेतृत्वमा फैलाइएको अराजकता अकल्पनीय छ। धेरै आपराधिक गतिविधिहरू भएका छन्। पुलिसमाथि कुटपिट गरियो, सरकारी सम्पत्तिलाई नष्ट गरियो। शुभेन्दु अधिकारी स्वयंले यसलाई भड़्काएका हुन्।

उनले अत्यन्तै अभद्र भाषा प्रयोग गरे। न्यायमूर्ति राजशेखर मंथाले शुभेन्दु अधिकारीको पक्षमा फसेला सुनाएका थिए जसको परिणामस्वरूप शुभेन्दु अधिकारीले एकपछि अर्को आपराधिक कृत्य गरिरहेका छन्। उनले जस्तो भाषाको प्रयोग गरिरहेका छन्, त्यो अत्यन्त निच छ। सुँगुरको बच्चा भनिरहेका छन्। कल्याणले भने, राजनीतिमा यस्तोत शब्त प्रयोग गर्नु हुँंदैन। यस्ता मानिसहरूलाई पश्चिम बंगालबाट मास्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande