50 लाख रुपियाँको प्रतिबन्धित कफ सिरप सहित दुई पक्राउ
50 लाख रुपियाँको प्रतिबन्धित कफ सिरप सहित दुई पक्राउ


कछार (असम), 10 अगस्त (हि.स.)। कछार पुलिसले दिघोरखाल टोल गेटमा विशेष नाका जाँच अभियानमा भारी मात्रामा प्रतिबन्धित कफ सिरप जफत गऱ्यो। यस मामिलामा दुई जना तस्करहरूलाई पनि पक्राउ गरिएको छ।

कछार पुलिसले आइतवार बतायो, गए राति दिघोरखाल टोल गेटमा विशेष नाका लगाएर पुलिसद्वारा संचालित अभियान अवधि एउटा वाहन (एमजेड-01एडी-0355)- लाई रोकेर जाँच गरियो जसमा ट्राइप्रोलिडाइन हाइड्रोक्लोराइड औ कोडिन फस्फेट सिरप (विन्कोफ-प्लस)- को 56 कार्टन जफत गरियो। प्रत्येक कार्टनमा 150 बोतल थियो भने प्रत्येक बोतल 100 मिलीलीटरको छ अर्थात मोठ मात्रा 8,40,000 मिलीलीटर (8,400 बोतल) छ। यसको मूल्य 50 लाख रुपियाँ रहेको अनुमान लगाइएको छ। कानूनी प्रक्रिया अनुरूप सबैलाई जफत गरिएको छ।

आरोपीद्वयको पहिचान मिजोरमको आइजोल निवासी लालछुआनफेला र मैथ्यू ज़ोनुनमावियाको रूपमा गरिएकोछ। यस सम्बन्धमा अग्रिम कानूनी प्रक्रिया शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande