नवान्न अभियानमा हिंसा, भापा नेताहरूमाथि सात वटा एफआाईआर दर्ता
नवान्न अभियानमा हिंसा, भापा नेताहरूमाथि सात वटा एफआाईआर दर्ता


कोलकाता, 10 अगस्त (हि.स.)। कोलकातामा बितेको शनिवार सम्पन्न नवान्न अभियान अवधि पुलिसमाथि हमला, धम्की तथा अदालतको अवमानना सहित केही आरोपहरूमा भारतीय जनता पार्टी (भाजपा) विधायक अशोक डिंंडा लगायत अन्य धेरैजना नेताहरूमाथि मामिला दर्ता गरिएको छ। एक जना वरिष्ठ अधिकारीले आइतवार यस आशयको पुष्टि गर्दै बताए, न्यू मार्केट औ हेयर स्ट्रीट थानामा मोठ सात वटा एफआईआर दर्ता भएको छ। यस घटनामा तीन जना कन्स्टेबल घाइते भएका छन् भने एकजना आपीएस ऱ्यांकका अधिकारीमाथि कुटपिट गरेको आरोप छ। पुलिसले घाइतेहरूको प्राथमिक उपचार गरायो।

उच्च न्यायालयले पहिलाबाटै स्पष्ट पारिसकेको थियो कि प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण ढंगमा विरोध गर्ने अनुमति छ, तर यो अभियानले हिंसक रूप धारण गऱ्यो। आरजी करकाण्डकी पीड़िताका माता-पिताले यो प्रदर्शन डाकेका थिए जसलाई शुरूमा अराजनीतिक बताइएको थियो, तर घटनास्थलमा भाजपा नेताहरूले मोर्चा सम्हाले फलस्वरूप प्रदर्शनको राजनीतिक रंग गहिरियो। राज्य भाजपाका शीर्ष नेता शुभेन्दु अधिकारी, अशोक डिंडा तथा अग्निमित्रा पल पनि उपस्थित थिए।

पुलिस अनुसार शनिवार पार्क स्ट्रीट औ सान्तारागाछीमा प्रदर्शनकारी तथा पुलिसबीच धक्का-मुक्का भयो। आरोप छ, पुलिसले रोक्ने प्रयास गर्दा प्रदर्शनकारीहरूले हमला गरे अनि धम्की पनि दिए। यसमाथि केही धाराहरूमा मुद्दा दर्ता गरिएको छ।

घटनापछि तृणमूल कंग्रेसका राज्य महासचिव कुणाल घोषले आरोप लगाए, भाजपाले पीड़िताका माता-पितालाई राजनीतिक हतियारको रूपमा प्रयोग गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande