राज्यपाल माथुर 'डा हेडगेवार प्रज्ञा सम्मान 2025' समारोहमा सहभागी बने
राज्यपाल माथुर 'डा हेडगेवार प्रज्ञा सम्मान 2025' समारोहमा सहभागी बने


गान्तोक, 10 अगस्त (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर आज कोलकाताको नेशनल लाइब्रेरीको ऐतिहासिक सभागृहमा 'डा हेडगेवार प्रज्ञा सम्मान 2025' समारोहमा मुख्य अतिथिको रूपमा सहभागी बने। कार्यक्रमको आयोजना बड़ाबाजार कुमारसभा पुस्तकालयले गरेको थियो।

राजभवन सिक्किम अनुसार, यो आयोजन डा. केशव बलिराम हेडगेवार सम्मान श्रृंखलाको 36औं प्रकरण थियो, जसमा भारती सन्त परम्पराका पूज्य स्वामी श्री गोविन्ददेव गिरि महाराजलाई उनका अध्यात्म, सेवा र राष्ट्रभक्तिका कार्यहरूको लागि सम्मानित गरियो।

सभागृहमा उपस्थित सन्तजन, साहित्य एवं संस्कृतिका साधक र कोलकाता महानगरका प्रबुद्ध नागरिकहरूलाई सम्बोधित गर्दै राज्यपालले भने, आजको यो सम्मान समारोह राष्ट्र निर्माणका प्रेरणाहरूको पुन: स्मरण हो। डा. हेडगेवार जीले जुन संगठित समाजको कल्पना गरेका थिए, त्यो स्वामी श्री गोविन्ददेव गिरि महाराज जस्ता सन्तहरूको जीवनबाट साकार हुन्छ। राज्यपालले श्रीराम जन्मभूमि तीर्थक्षेत्र न्यासका कोषाध्यक्ष र श्रीकृष्ण जन्मभूमि ट्रस्टका उपसभापतिको रूपमा स्वामी जीको भूमिकाको सराहना गरे। उनले भने, 'प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीराम मन्दिरको प्राण प्रतिष्ठापछि आफ्नो उपवास स्वामी जीको हातबाट समाप्त गरेका थिए, जुन ऐतिहासिक पल थियो।'

राज्यपालले श्री बड़ाबाजार कुमारसभा पुस्तकालय, जसले 106 वर्षदेखि साहित्यिक, सामाजिक र सांस्कृतिक चेतनाको कार्य गरिरहेको छ, ले आयोजनको माध्यद्वारा एकपल्ट फेरि आफ्नो राष्ट्रसेवाको परम्परालाई सशक्त बनाएको बताए। उनले संस्थालाई प्रेरणास्रोत बताउॅंदै संस्थाका कार्यहरूको सराहना गरे र निरन्तर उन्न्तिको कामना गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande