श्रद्धालुहरूको सुविधाको लागि पुलिसले स्वयं गऱ्यो जर्जर सड़कको मरम्मत
श्रद्धालुहरूको सुविधाको लागि पुलिसले स्वयं गऱ्यो जर्जर सड़कको मरम्मत


जलपाईगुड़ी, 10 अगस्त (हि. स.)। श्रद्धालुहरू तलाउ घाटमा प्रवेश गर्ने जलपेश मन्दिर संलग्न सड़क लामो समयदेखिकै जर्जर अवस्थामा थियो। व्यापारी तथा श्रद्धालुहरूले सिकायत गरे पनि मन्दिर समितिले समयमा यसको मरम्मत गराएको थिएन। गए शनिवार व्यापारीहरूले यसको विरोध गरेका थिए।

दबाउमा आएर मन्दिर समितिले मरम्मत गर्ने आश्वासन दिएको थियो, तर काम नभएपछि मैनागुड़ी थानाको पुलिसलाई अगाड़ि आउनुपऱ्यो। आइतवार पुलिसले श्रद्धालुहरूको समस्यालाई मध्यनजर गर्दै सड़कमा बालुवा बिछ्याएर केही हदसम्म सड़कलाई सामान्य बनायो।

प्राप्त जानकारी अनुसार आइतवारदेखि जलपेश श्रावणी मेलाको अन्तिम सप्ताह शुरू भयो। ठूलो संख्यामा आएका श्रद्धालुहरूले सोमवार भगवानशिवलाई जलाभिषेक गरेपछि घर फर्किनेछन्। यस वर्षको श्रावणी मेला गत 20जुलाईदेखि शुरू भएको थियो जुन 11 अगस्तमा समाप्त हुनेछ। पछिल्लो हप्ता अहिलेसम्मकै रेकर्ड भीड़ दर्ता गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande