किश्तवाड़मा सुरक्षाबल र आतङ्कवादीहरू माझ भिड़न्त शुरू
किश्तवाड़मा सुरक्षाबल र आतङ्कवादीहरू माझ भिड़न्त शुरू


जम्मू, 10 अगस्त (हि.स.)। जम्मू-कश्मीरको किश्तवाड़ जिल्लामा आइतवार आतङ्कवादीहरू र सुरक्षा बलहरूमाझ भीड़न्त शुरू भएको छ। अधिकारीहरूले बताए, आतङ्कवादीहरू उपस्थित रहेको विशेष सूचना प्राप्त भएपछि सुरक्षा बलहरूले पहाड़ी जिल्ला दुल क्षेत्रमा अभियान शुरू गरेका छन्।

उनले बताए, सुरक्षा बलहरूलाई देखेर लुकेका आतङ्कवादीहरू जसको संख्या दुई रहेको मानिँदैछ,-ले गोली चलाउन शुरू गरेपछि सुरक्षा बलहरूले पनि जवाफमा गोली चलाए जसबाट दुवै पक्षमाझ भिड़न्त शुरू भयो। सेनाको व्हाइट नाइट कोरले एउटा पोस्टमा उक्त भिड़न्तको पुष्टि गरेको छ।

व्हाइट नाइट कोर अनुसार सतर्क सैनिकहरूले गुप्त जानकारीको आधारमा अभियान संचालन गरी आइतवार भोर बिहान आतङ्कवादीहरूसित सम्पर्क गरे अनि गोली चलाउन शुरू गरे। सेनाले अभियान जारी रहेको थप बताएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande