नयाँ दिल्ली, 10 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार भीडियो कन्फ्रेन्सिङको माध्यमले तीन नयाँ वन्दे भारत एक्सप्रेस ट्रेनहरूलाई हरियो झण्डा देखाएर प्रस्थान गराए, जसमाअजनी (नागपुर)–पुणे वन्दे भारत एक्सप्रेस पनि छ। यस नयाँ रेल सेवाको शुभारम्भको साथै महाराष्ट्रलाई उसको 12औं वन्दे भारत ट्रेनको सौगात प्राप्त भएको छ।
नागपुर रेलवे स्टेशनको प्लेटफार्म संख्या आठमा आयोजित भव्य कार्यक्रममा मुख्यमन्त्री देवेन्द्र फडणवीस र केन्द्रिय मन्त्री नितिन गडकरी विशेष रूपमा उपस्थित रहे। उद्घाटन अवसरमा स्थानीय मानिसहरूले ढोल-नगाड़ाहरूको साथ खुशी जाहेर गरे। ट्रेनमा यात्रा गरिरहेका स्कूली नानीहरू र बुजुर्गहरूले देशभक्ति गीतहरूले वातावरणलाई राष्ट्रभक्तिले ओतप्रोत गरे।
मध्य रेलवेका मुख्य जनसम्पर्क अधिकारी डा. स्वप्निल नीलाले बताए, अजनी (नागपुर)–पुणे वन्दे भारत एक्सप्रेस ट्रेन महाराष्ट्रको सबैभन्दा लामो दूरी तय गर्ने वन्दे भारत बनेको छ, जसले कूल 881 किलोमीटरको दूरी 10 मध्यवर्ती स्टेशनहरूको साथ तय गर्नेछ। यो वर्धा, बडनेरा, अकोला, शेगाउँ, भुसावल, जलगाउँ, मनमाड, कोपरगाउँ, अहमदनगर र दौंड जस्ता प्रमुख स्टेशनहरूबाट गुज्रिनेछ। यो ट्रेन हप्तामा छह दिन कुद्नेछ। ट्रेन संख्या 26101 पुणेदेखि प्रातः 6:25 बजी हिँड्नेछ र त्यही दिन साझँ 6:25 बजी अजनी पुग्नेछ जबकि ट्रेन संख्या 26102 अजनीदेखि बिहान 9:50 बजी हिँड़ेर राति 9:50 बजी पुणे पुग्नेछ।
यस सेवाले पहिलो पल्ट वर्धा र मनमाडबीचको लगभग 400 किलोमीटरको क्षेत्र वन्दे भारत सेवासित जोड़िँदैछ, जसबाट यस क्षेत्रको 500 भन्दा अधिक गाउँहरू र लगभग 20 लाख मानिसहरूलाई लाभ हुनेछ। साथै भगवान गजानन्द महाराजको प्रसिद्ध मन्दिर ऱहेको सांस्कृतिक शहर शेगाउँलाई पनि पहिलो पल्ट वन्दे भारत ट्रेनसित जोड़िएको छ, जसबाट पुणे र गपुरबाट आउने श्रद्धालुहरूलाई ठूलो राहत मिल्नेछ।
नागपुरलाई देशको स्वास्थ्य सेवा नगरी र बाघ राजधानीको रूपमा चिनिन्छ। यसैगरी पुणेलाई महाराष्ट्रको सांस्कृतिक राजधानी भनिन्छ। यी दुवै शहरलाई जोड्दै यो वन्दे भारत ट्रेन औद्योगिक, शैक्षणिक, चिकित्सा र धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण प्रमाणित हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी