नयाँ दिल्ली, 10 अगस्त (हि.स.)। द्वारका निवासी एकजना बुजुर्ग महिलाको फोनमा पेटीएम प्रयोग गरी उनको खाताबाट 14.35 लाख रुपियाँ ट्रान्सफर गर्ने ठगलाई जिल्ला साइबर पुलिसले पक्राउ गरेको छ। आरोपीको पहिचान दीपक कुमार सैनी (31)-को रूपमा भएको छ जसलाई घरमा नर्सिंग सहायकको रूपमा महिलालाई हेरचाह गर्नको लागि राखिएको थियो। आरोपीबाट एउटा मोबाइल फोन जफ्त गरिएको छ।
द्वारका जिल्लाका पुलिस उपायुक्त (डीसीपी) अंकित सिंहले बताए, रोयल रेजिडेन्सी (द्वारका) निवासी मञ्जुषा रानी गुप्ता (80)-ले यस सम्बन्धमा साइबर पुलिस थानामा सिकयत दर्ता गराएकी थिइन्। महिलाले बताइन्, मार्च, 2020-देखि उनीहरूको घरको दीपक सैनीले नर्सिंंग सहायकको रूपमा काम गर्दै आइरहेको थियो। उनका डाक्टर आदिसित बातचित गर्नको लागि उसले उनको फोन प्रोग गर्थ्यो। कैयौं पटक जाँच गर्न जाँदा फोन उसैसित हुन्थ्यो। जनवरीदेखि 6 जून, 2025 बीच दीपकले उनको फोनमा पेटीएम इन्टल गरेर आईसीआईसीआई ब्यांक खातासम्म पहुँच बनायो। उनको जानकारी वा सहमति बिनै पेटीएमको माध्यमबाट 14.35 लाख रुपियाँ आफ्नो खातामा स्थानान्तरण गऱ्यो। साइबर थाना पुलिसले मामिला दर्ता गरी जाँच शुरू गऱ्यो।
पुलिस टीमलेआरोपीको सीडीआर निकालेर जाँच गऱ्यो। सिकायतकर्ताको ब्यांक विवरणहरूको विश्लेषणबाट दीपक कुमार सैनीको बारेमा पत्तो लाग्यो। त्यसपछि आरोपीलाई राजस्थानको सिकर जिल्लास्थित उसको गाउँबाट पक्राउ गरियो। आरोपीसित जाँचबुझ गर्दा पत्तो लाग्यो, उ किंगस्टार, रकस्टार औ किंग लूडो बेटिंग जस्ता टेलीग्राम समूहहरूको माध्यमबाट अनलाइन जुआ ऱ्याकेटमा सामेल छ। उसले सबै धनराशि जुवा तथा क्लब एवं होटलहरूमा खर्च गरिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा