अपरेशन 'सिन्दूर' को समयमा राजनीतिक नेतृत्वहरूले हामीलाई पूर्ण छूट दिएको थियो: सेनाध्यक्ष
सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी


- सेना कमाण्डरहरूलाई स्वयं फसेला लिएर आफ्नो विवेक अनुसार काम गर्न मद्दत मिल्यो

नयॉं दिल्ली, 10 अगस्त (हि.स.)। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भने, 'अपरेशन 'सिन्दूर' ले देशलाई एक सूत्रमा बॉंध्ने काम गरेको छ, किनकि पाकिस्तानसॅंग हवाई संघर्षको समयमा सरकारले हामीलाई पूर्ण छूट दिएको थियो। पहिलो पटक हामीले राजनीतिक स्पष्टता देख्यौं। कुनै पनि प्रकारको प्रतिबन्ध नरहेकाले सनेा कमाण्डरहरूलाई स्वयं निर्णय लिएर आफ्नो विवेक अनुसार काम गर्न मद्दत मिल्यो।'

थल सेना अध्यक्ष जनरल उपेन्द्र द्विवेदीले उक्त टिप्पणी आईआईटी मद्रासमा 4 अगस्तमा एक कार्यक्रममा गरेका थिए, जसको अधिकृत जानकारी सेनाले आइतवार दिएको छ। थल सेना अध्यक्ष जनरल उपेन्द्र द्विवेदीले भने, '22 अप्रेलमा पहलगाममा जे भयो, त्यसले देशले हल्लियो। हमलाको दोस्रो दिन अर्थात 23 अप्रेलमा हामी सबै बस्यौं। पहिलो पटक रक्षामन्त्री राजनाथ सिंहले भनेका थिए, 'भयो, अब धेरै भयो।' तीनै जना सेना प्रमुखहरू केही त गर्नै पर्छ भन्ने कुरामा स्पष्ट थिए। सरकारको तर्फबाट पूर्ण छूट दिइएको थियो। यस्तो आत्मविश्वास, राजनीतिक दिशा र राजनीतिक स्पष्टता हामीले पहिलो पटक देख्यौं, उनले भने।

उनले भने, '​राजनीतिक नेतृत्वको स्पष्टताका कारण हाम्रा सेना कमाण्डर-इन-चीफलाई आफ्नो बुद्धि अनुसार काम गर्न मद्दत मिल्यो। 25 अप्रेलमा हामीले उत्तरी कमानको भ्रमण गऱ्यौं, जहॉं हामीले विचार गऱ्यौं, योजना बनायौं, संकल्पना गऱ्यौं र नष्ट गरिएका 9 मध्ये 7 लक्ष्यहरूमाथि हमला गऱ्यौं र धेरै आतङ्कवादीहरू माऱ्यौं। यसपछि, 29 अप्रेलमा हामी पहिलो पटक प्रधानमन्त्रीसॅंग भेट गऱ्यौं। अपरेशन 'सिन्दूर' ले सारा देशलाई एकजुट गऱ्यौं। यसले सारा देशलाई प्रेरित गऱ्यौं। यस कारण सारा देशले यसलाई किन रोकियो भनी प्रश्न गरे। यसको पर्याप्त उत्तर दिइयो भनी प्रश्न गरिॅंदै थियो।

आईआईटी मद्रासमा सम्बोधनको क्रममा थल सेना अध्यक्षले भने, 'अपरेशन 'सिन्दूर' मा हामीले दाउ खेल्यौं। दुश्मनको अर्को चाल के हुनेछ र हामी के गर्ने छौं भन्ने त्यो हामीलाई थाहा थिएन। यसलाई ग्रेजोन भनिन्छ, जसको अर्थ हामीले पारम्परिक अपरेशन गरिरहेका छैनौं भन्ने हो। हामीले जे गरिरहेका छौं, त्यो पारम्परिक अपरेशनभन्दा केही कम हो। हामी शतरंजको दाउ खेलिरहेका थियौं र उनीहरू (दुश्मन) ले दुश्मनले पनि यस्तै गरिरहेको थियौ। कुनै ठाउँमा हामीले उनीहरूलाई मात दिइरहेका थियौं र अर्को ठाउँमा आफ्नो ज्यान गुमाउने जोखिममा पनि उनीहरूमाथि आक्रमण गरिरहेका थियौं, तर जीवनको वास्तविक अर्थ यही हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande