बेङ्गलुरू, 10 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बेङ्गलुरूको केएसआर रेलवे स्टेशनमा नयाँ बेङ्गलुरू-बेलगाम वन्दे भारत ट्रेन सहित तीन वन्दे भारत ट्रेनहरूलाई हरियो झण्डा देखाए। प्रधानमन्त्रीले बेङ्गलुरू मेट्रोको येलो लाइनको मेट्रोलाई पनि हरियो झण्डा देखाएऱ शुभारम्भ गरे। प्रधानमन्त्रीले ट्रेन र मेट्रोमा यात्रा गर्ने छात्रहरूसित कुराकानी पनि गरे।
प्रधानमन्त्री मोदीले आइतवार बिहान बेङ्गलुरूको केएसआर रेलवे स्टेशनमा तीन लामो दूरीको वन्दे भारत ट्रेनहरूलाई हरियो झण्डा देखाएर प्रस्थान गराए। उनले यसमा बेङ्गलुरु–बेलगावी वन्दे भारत एक्सप्रेसलाई स्टेशनमा हरियो झण्डा देखाएर प्रस्थान गराए जबकि श्री माता वैष्णो देवी कटरा–अमृतसर र अजनी (नागपुर)–पुणे वन्दे भारत सेवाहरूलाई भर्चुअल माध्यमले हरियो झण्डा देखाएर प्रस्थान गराए। उनले वन्दे भारत ट्रेनलाई हरियो झण्डा देखाएपछि ट्रेनमा यात्रा गरिरहेका छात्रहरूसित कुराकानी गरे।
यसपछि प्रधानमन्त्री मोदी केएसआर रेलवे स्टेशनबाट सड़क मार्ग मार्फत रागीगुड्डा मेट्रो स्टेशन पुगे औं मेट्रो स्टेशनमा क्यूआर कोड स्क्यान गरी आफ्नो टिकट लिए। प्रधानमन्त्री मोदीले बेङ्गलोर मेट्रो फेज-2 परियोजना अन्तर्गत आरवी रोड (रागीगुड्डा) बाट बोम्मासन्द्रासम्म येलो लाइन मेट्रोको उद्घाटन गरे। यसपछि 19.15 किलोमीटर लामो, 16 स्टेशनहरू र 5,056.99 करोड़ रूपियाँको लागतको यस रूटमा उनले इलेक्ट्रोनिक्स सिटी स्टेशनसम्म यात्रा गरे। यस यात्रामा मोदीले मेट्रोमा यात्रा गरिरहेका छात्रहरूसित कुराकानी पनि गरे। मेट्रोमा यात्रा गरेको समय उनको साथमा कर्नाटकका मुख्यमन्त्री सिद्धारमैया, उपमुख्यमन्त्री डीके शिवकुमार र केन्द्रिय मन्त्री मनोहर लाल खट्टर पनि उपस्थित थिए।
रागीगुड्डा मेट्रो स्टेशनमा उपमुख्यमन्त्री डीके शिवकुमारले प्रधानमन्त्रीलाई पहेलो रंगको लाइनको मेट्रो स्टेशनबारे जानकारी दिए। यस अगाड़ी सड़क मार्फत रागीगुड्डा मेट्रो स्टेशनसम्म जाने मार्गमा प्रधानमन्त्रीको वाहनमा जनता र भाजपा कार्यकर्ताहरूले फूलहरूको वर्षा गरी उनको स्वागत गरे। प्रधानमन्त्रीको मादीको कार्यक्रममा राज्यपाल थावर चन्द गहलोत, मुख्यमन्त्री सिद्धारमैया, उपमुख्यमन्त्री डीके शिवकुमार, केन्द्रिय मन्त्री र सांसद सामेल भए।
हिन्दुस्थान समाचार / भवानी थामी