फिरोजाबाद पुलिसले पाँच घण्टामा 48 अभियुक्तलाई पक्राउ गऱ्यो
फिरोजाबाद पुलिसले पाँच घण्टामा 48 अभियुक्तलाई पक्राउ गऱ्यो


फिरोजाबाद, 10 अगस्त (हि.स.)। उत्तर प्रदेशमा फिरोजाबाद पुलिसले शनिवार राति 12 बजीदेखि आइतवार बिहान 5 बजीसम्म चलाइएको सघन चेकिङ अभियानमा 48 अभियुक्तलाई पक्राउ गरेको छ। यी सबै विभिन्न मामिलामा वाञ्छित र वारन्टी हुन्।

वरिष्ठ पुलिस अधीक्षक सौरभ दीक्षितले आइतवार बताए, वारन्टी, एनबीडब्ल्यू र एसआर केसहरूमा वाञ्छित अभियुक्तहरू विरूद्ध शनिवार राति 12.00 बजीदेखि बिहान 5 बजीसम्म अभियान चलाइयो। यस अभियान अन्तर्गत जिल्ला पुलिसले 45 एनबीडब्लू वारन्टी अभियुक्त, एक एसआर वाञ्छित र अन्य दुई वाञ्छित अभियुक्तहरूलाई पक्राउ गरेको छ। यसमा उत्तर थाना, रामगड़ थाना, पचखोर थाना, नारखी, नसीरपुर, मटसेना र लाइन थानाहरूबाट एक -एक अपराधी पक्रा पऱ्यो। यसैगरी रसूलपुर, नगला सिंघी, नगला खंगर, शिकोहाबाद, खैरगढ़ थाना क्षेत्रबाट दुई-दुई, थाना फरिहा, जसरानाबाट तीन-तीन, राजबली थानाबाट चार र थाना दक्षिणबाट पाँच, सिरसागंजबाट पाँच, मक्खनपुर र मोहम्मदपुर थानाबाट पाँच अभियुक्तलाई पक्राउ गरिएको छ। पक्रा परेका अभियुक्तहरूलाई न्यायालय समक्ष पेश गरी विधिक कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande