हुगली, 10 अगस्त (हि.स.)। हुगली जिल्लाको आरामबागमा द्वारकेश्वर नदीमाथि निर्मित रामकृष्ण सेतुको एक भाग गए शनिवार राति भत्कियो। जानकारी अनुसार सेतुको भत्किएको भाग चर्किएको छ। स्थानीय मानिसहरूको भनाइ छ, वर्तमान अवस्थालाई हेर्दा चर्किएको भाग पनि भत्किन सक्छ।
उल्लेखनीय छ, पहिलाबाटै पुलको अवस्था सोचनीय थियो। यसको धेरै वटा ठाउँमा चर्किएको छ। यसबीच गत 5 अगस्तको दिन मुख्यमन्त्री ममता ब्यानर्जी यसै पुल भएर घाटालको कामारपुकुर गएकी थिइन्। त्यसैले पुलको रखरखाउसँगसँगै ममता ब्यार्जीको सुरक्षालाई लिएर पनि प्रश्न उठिरहेको छ। 'कमजोर पुल' लेखिएको बोर्ड लगभग एक वर्षदेखिको झुण्डिरहेको छ, तर यसको मरम्मतको निम्ति किन बल गरिरहेको छैन, स्थानी मानिसहरूले प्रश्न उठाइरहेका छन्।
दक्षिण बंगालको एउटा ठूलो भागलाई यो पुलले आपस्तमा जोड़्छ। 5-6 वटा जिल्लाका यात्री बस तथा अन्य वाहनहरू यस पुलि भए गुज्रिन्छन्। यो पुलले बाँकुड़ा, पुरुलिया, पूर्वी मेदिनीपुर, पश्चिमी मेदिनीपुर, आरामबाग, बर्दवान औ कोलकाताबीचको यातायातमा पनि महत्वपूर्ण भूमिका निभाउँदै आएको छ।
वरिपरी धेरैवटा स्कूल-कलेजहरू छन्। बजार घाट र आवासीय क्षेत्रहरू छन्। यो पुल यहाँका मानिसहरूको आवागमनको मुख्य साधनहरूमध्ये एक हो। हाल भत्किएको भागमा पुलिसको ब्यारिकेड लगाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा