नयाँ दिल्ली, 10 अगस्त (हि.स.)। लोकसभामा विपक्षका नेता राहुल गान्धीद्वारा चुनाउ आयोगमाथि भोट चोरीको गरेको आरोप लगाइपछि इन्डी गठबन्धनका नेताहरूले सोमवार संसद भवनदेखि चुनाउ आयोग कार्यालयसम्म मार्च निकाल्नेछन्।
सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, 11 अगस्तमा विपक्षी सांसद, विपक्षका नेता राहुल गान्धी र इण्डिया गठबन्धनका शीर्ष नेताहरूको नेतृत्वमा संसद भवन परिसरबाट चुनाउ आयोग कार्यालयसम्म लगभग एक किलोमीटरको यो मार्च निकालिनेछ। विपक्षी दलहरूले चुनाउ आयोगको साथ बैठकको निम्ति अगावै समय मागेका छन्। विपक्षको भनाई छ, यो मार्च लोकतान्त्रिक प्रक्रियाहरूको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने मागलाई लिएर गरिँदैछ।
यस अगाड़ी 07 अगस्तमा राहुल गान्धी सहित विपक्षी नेताहरूले चुनाउ आयोग र भारतीय जनता पार्टी (भाजपा) माथि मिलीभगतले भोट चोरी गरेको आरोप लगाएका थिए। उनीहरूले दाबी गरेका थिए, उनीहरूसित उपलब्ध स्व-विश्लेषित आकंड़ाहरूबाट यो प्रमाणित हुन्छ कि चुनाउ प्रक्रियामा गड़बड़ी भएको छ।
विपक्षी दलहरूको आरोप छ, यस कथित मिलीभगतले मतदाताहरूको विश्वासलाई आघात पुऱ्याएको छ र लोकतन्त्रको आधारलाई कमजोर गरेको छ। उनीहरूको भनाई छ, जबसम्म चुनाउ प्रक्रियामा पारदर्शिता र ईमानदारी सुनिश्चित हुँदैन तबसम्म जनताको भरोसा बहाल हुनसक्दैन।
हिन्दुस्थान समाचार / भवानी थामी