सिंगेल चियाबारीको सिमानाधुरामा‌ मन्दिर निर्माणको कार्य शुरु
सिंगेल चियाबारीको सिमानाधुरामा‌ मन्दिर निर्माणको कार्य शुरु


खरसाङ, 10 अगस्त (हि.स.)। खरसाङको सिंगेल चियाबगान अन्तर्गत सिमानाधुरा ग्रामवासीद्वारा 1995 सालदेखि पूजा हुॅंदै आएको सेती देवी मन्दिरको निर्माण कार्य आजदेखि शुरू गरिएको छ। वर्षौ पुरानो मन्दिरलाई नयाँ रूप दिन सबैले सहयोग पुऱ्याउन समाजका अध्यक्ष र युवाहरूले मिडियामार्फत अपील गरेका छन्।‌

समाजका प्रतिनिधिहरुले सम्पूर्ण भक्तजनलाई मन्दिर निर्माणको लागि सहयोग गर्न अपील गरेका छन्। मन्दिर संरक्षणको लागि सबै मिलेर कार्य गरिरहेको बताउॅंदै मन्दिर संरक्षण र निर्माणको लागि सबैलाई आर्थिक सहयोग एवं श्रमदानको लागि अनुरोध गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande