सुल्तानपुर- रूखबाट झुण्डेको युवकको शव भेटियो
सुल्तानपुर- रूखबाट झुण्डेको युवकको शव भेटियो


सुल्तानपुर, 10 अगस्त (हि.स.)। उत्तर प्रदेशको सुल्तानपुर जिल्लामा हलियापुर थाना क्षेत्र स्थित सराय बग्घा गाउँमा एउटा रूखबाट फन्दामा एक युवकको शव झुण्डेको भेटियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएऱ पोस्टमार्टमको निम्ति पठायो।

थानाध्यक्ष तरूण पटेलले बताए, मृतकको पहिचान कानपुर देहातको मंगलपुरा निवासी सुनील नायक (25) को रूपमा गरिएको छ, जो यहा भाड़ाको घरमा बसेर लेडीज़ कस्मेटिक समानको फेरी लगाउनेगर्थ्यो। आज उसको शव महुआको रूखबाट फन्दामा झुण्डेको भेटिएको छ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो र परिवारलाई घटनाको जानकारी दिइयो। परिजनहरूको शिकायतको आधारमा मामिला दर्ता गरी जाँच जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande