सुलतानपुरमा युवकको गोली हानेर हत्या
सुलतानपुरमा युवकको गोली हानेर हत्या


सुलतानपुर, 10 अगस्त (हि.स.)। उत्तर प्रदेशको सुलतानपुर जिल्ला कुडवार थाना क्षेत्रको भण्डरा परशुरामपुर अन्तर्गत चेरे मिश्रको पुरवा गाउॅंमा एक युवकको आज बिहान गोली हानेर हत्या गरिएको छ। सूचनापछि पुलिसको टीम घटनास्थल पुगेर जॉंचमा जुटेको छ।

कुडवार थाना क्षेत्रको भंडरा परशुरामपुर अन्तर्गत चेरे मिश्रको पुरवा गाउॅंमा आइतवार बिहान शौंचको लागि निक्लिएका युवक मित्तू (22) को गोली हानेर हत्या गरियो। यस घटनापछि सनसनी फैलिएको छ। घटनास्थलमा पुगेको पुलिसले शव पोस्टमार्टमको निम्ति पठाएको छ। थाना अध्यक्ष अमित कुमार मिश्राले घटनाको जॉंच शुरू गरिएको जानकारी दिएका छन्।

घटना स्थलको जॉंचको लागि एएसपी अखण्ड प्रताप सिंह टीमसॅंग जॉंचमा जुटेका छन्। सीओ सिटी प्रशान्त सिंहसहित स्थानीय पुलिस आरोपीहरूको खोजीमा लागेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande