कोलकाता, 10 अगस्त (हि. स.)। आरजी कर मेडिकल कलेजमा भएको घटनाको विरोध औ आन्दोलनलाई लिएर पछिल्लो एक वर्षदेखिकै डाक्टरहरूको एक मञ्च सक्रिय रहिआएको छ। पीड़िता तिलोत्तमालाई न्याय दिलाउने मागमा यी डाक्टरहरूले लगातार आन्दोलन गरिरहेका छन्। तर अब तिलोत्तमाका पिताले यसै मञ्चमाथि राजनीतिक उदेश्य रहेको आरोप लगाएका छन्। उनको भनाइ छ, आन्दोलनकारी डाक्टरहरूको एउटा ठूलो वर्गले स्पष्ट रूपमा माकपाको निम्ति राजनीति गरिरहेको छ।
गए शनिवार तिलोत्तमाका माता-पिताले नवान्न अभियानको आह्वान गरेका थिए जसलाई उनीहरूले पूर्ण रूपमा अराजनीतिक बताएका थिए। त्यसैले तृणमूल कंग्रेस बाहेक अन्य सबै राजनीतिक दलहरूलाई आमन्त्रित गरियो। तर त्यस दिन झण्डारहित भीड़मा भापाका केही नेता-नेत्रीहरू मात्र उपस्थित थिए। पहिलो पंक्तिमा विपक्षका नेता शुभेन्दु अधिकारी पनि थिए साथै शंकर घोष, अर्जुन सिंह जस्ता नेताहरू पनि उपस्थित थिए।
यस स्थितिमा तिलोत्तमाका पिताले असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, हामीले सबैलाई बोलाएका थियौं। केही वरिष्ठ डाक्टरहरू आएका थिए, तर स्पष्ट देखियो कि आन्दोलनकारी डाक्टरहरूले माकपाको लागि राजनीति गरिरहेका छन्। उनले अझ भने, उनीहरूलाई एसयूसीआई र माकपासित जोड़िन पनि भनेका थिए, तर उनले उनीहरूको कुरालाई अस्वीकार गरिदिए।
एसयूसीआईका राज्य सचिव चण्डी दास भट्टचार्यले पहिला नै भनेका थिए, डाक्टरहरूको आन्दोलनप्रति उनीहरूको सहानुभूति छ र ब्यानर नलिई सदैव सामेल रहेछन्। यता ‘वेस्ट बंगाल जूनियर डाक्टर्स फ्रण्ट’-ले नवान्न अभियानमा भाग नलिने निर्णय लिएको थियो, तर शुक्रवार उनीहरूले न्यायको मागमा रातभरि प्रदर्शन गरे अनि मशाल जुलूस पनि निकाले।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा