लगातार वर्षाले बिहारमा गंगासहित सबै नदीहरूको जलस्तर बढ्दै, अहिलेसम्म 19 जनाको मृत्यु
लगातार वर्षाले बिहारमा गंगासहित सबै नदीहरूको जलस्तर बढ्दै


पटना, 11 अगस्त (हि.स.)। पहाड़ र बिहारका मैदान क्षेत्रहरूमा लगातार परिरहेको मूसलधारे वर्षाले गंगासहित बिहारका सबै प्रमुख नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहेका छन्। यस कारण गंगा किनारमा अवस्थित पटना, भागलपुर, मुंगेर, बेगूसराय, खगडिया र कटिहारमा बाढीको स्थिति गम्भीर बनेको छ।

बिहारमा बाढीको चपेटमा परेर अहिलेसम्म 19 जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै बेगूसरायमा 8 जनाको मृत्यु भएको छ। मृतकहरूको संख्या बेगूसरायमा 8, भागलपुर, सीवान, भोजपुर र खगडियामा एक-एक तथा मुंगेर, वैशाली र कटिहारमा एक-एक सामेल छन्।

राज्यमा 10 लाखभन्दा धेरै मानिसहरू बाढीले प्रभावित बनेका छन्। स्थितिसॅंग लड्न एनडीआरएफको 9औं बटालियनका 14 दललाई अलर्टमा राखिएको छ। दरभंगा, सुपौल, मोतिहारी र नालन्दामा एनडीआरएफ दलहरू तैनाथ गरिएका छन्।

मौसम विभागले बिहारका 19 जिल्लामा यल्लो अलर्ट जारी गर्दै तीव्र वर्षा, आंधी र चट्याङको चेताउनी दिइएको छ। गत 24 घण्टामा कटिहारमा 140 मिमी, नालन्दामा 70 मिमी र पटनामा 57 मिमी वर्षा दर्ता गरिएको छ। आपदा प्रबन्धन विभाग र एनडीआरएफका 14 दल राहित एवं बचाउमा जुटेका छन्, तर आगामी 48 घण्टामा स्थिति अझ गम्भीर बन्न सक्ने सम्भावना व्यक्त गरिएको छ।

आइतवार अबेर राति पटना, सुपौल, बांका र लखीसरायमा मध्यम वर्षा रेकर्ड गरियो भने सोमवार बिहानदेखि सीतामढ़ी, दरभंगा, मधुबनी, सुपौल, अररिया, किशनगंज, पूर्णिया र कटिहारमा मूसलाधारे वर्षा भइरहेको छ। कटिहारमा गत 24 घण्टामा 140 मिमी वर्षा रेकर्ड गरियो भने नालन्दामा 70 मिमी, शेखपुरा र बांकामा 65 मिमी र पटनामा 57 मिमी वर्षा रेकर्ड गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande