चेन्नईमा एयर इण्डियाको विमान ठूलो दुर्घटनाबाट जोगियो, विमानमा कांग्रेस महासचिव केसी वेणुगोपाल र धेरै सांसदहरू उपस्थित थिए
air india


नयॉं दिल्ली, 11 अगस्त (हि.स.)। त्रिवेन्द्रमबाट दिल्ली गइरहेको एयर इण्डियाको फ्लाइट एआई 2455 आइतवार सॉंझ एउटा ठूलो दुर्घटनाबाट जोगियो। विमानमा कांग्रेस महासचिव केसी वेणुगोपाल, सांसदगण र सयौं यात्रीहरू थिए। उक्त जानकारी वेणुगोपालले सोशल मिडिया प्लेटफर्म 'एक्स' पोस्टमा दिएका छन्।

उनले बताए, 'फ्लाइटको शुरुवात नै ढिलोगरि भएको थियो, तर उडेको लगभग एक घण्टापछि अचानक तीव्र अनि अप्रत्याशित झट्का महसुस भयो। यसपछि विमानका कप्तानले उडान सिग्नलमा खराबीको सूचना दिए र विमानलाई चेन्नईतिर फर्काए।'

उनले अझ बताए, 'लगभग दुई घण्टासम्म विमान चेन्नई हवाई अड्डामाथि घुमिरह्यो र ल्याण्डिङको लागि अनुमतिको प्र​तीक्षा गरिरह्यो। पहिलो ल्याण्डिङको प्रयासको क्रममा एकदमै खतरनाक स्थिति उत्पन्न भयो, किनकि सोही रनवेमा अर्को एउटा विमान थियो। क्याप्टनले तत्काल निर्णय लिॅंदै विमानलाई फेरि माथि उडाए र सबैको ज्यान बाच्यो। दोस्रो प्रयासमा विमान सुरक्षित अवतरण गऱ्यो।'

वेणुगोपालले बताए, 'यस घटनामा सबै यात्री क्याप्टनको कौशल र भाग्यले बाचे।' उनले यात्रीहरूको सुरक्षा कहिले पनि भाग्यमा निर्भर हुनुहुॅंदैन भनी जोड दिएका छन्। कांग्रेस नेताले नागरिक उड्डयन महानिदेशालय र नागरिक उड्डयन मन्त्रालयलाई यस मामिलाको तत्काल जॉंच गर्न, जिम्मेवारी तय गर्न र भविष्यमा यस्तो लापरवाहीलाई रोक्न ठोस कदम उठाउन माग गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande