जैसलमेर, 11 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसको अवसरमा सम्भावित कुनै प्रकारको पनि घुसपैठ वा अवाञ्छित गतिविधिहरूको मध्यनजर सीमा सुरक्षा बल राजस्थान फ्रन्टीयरले आगामी एक हप्तासम्म सीमामा अपरेशन हाईअलर्ट शुरू गरेको छ। यस अवधि भारत-पाकिस्तान अन्तरराष्ट्रिय सीमामा आफ्नो नियमित पेट्रोलिङको साथ अतिरिक्त चौकसी बढ़ाइनेछ। यो अपरेशन आजदेखि शुरू भएको छ र 17 अगस्तसम्म चल्नेछ।
बीएसएफ सेक्टर नर्थ डीआईजी योगेन्द्र सिंह राठौड़ अनुसार, स्वतन्त्रता दिवसको अवसरमा बर्डरमा तारबन्दी नजिक जवानहरूको साथ उनीहरूको हौसला बढ़ाउन अधिकारी पनि तैनाथ रहनेछन् र कड़ा निगरानी राखिनेछ। हाई अलर्टको कारण बीएसएफका सबै विङ एक्टिव रहनेछन्। उनले बताए, धेरैभन्दा धेरै डिजीटल गैजेट्सको उपयोग गरी सीमावर्ती गाउँहरूमा पनि बीएसएफले नजर राख्नेछ। बीएसएफका जवान अत्याधुनिक हतियारहरूले सुसज्जित भएर पेट्रोलिङ गर्नेछन्।
उल्लेख्य, अपरेशन हाई अलर्ट अन्तर्गत बीएसएफले अतिरिक्त चौकसीको साथ निगरानी गर्दछ। ड्रोन थ्रेटको मध्यनजर सीमावर्ती गाउँमा बस्ने गाउँलेहरूलाई जागरूक गरिनेछ। चौकसीको दृष्टिले सबैभन्दा सुदूर र दुर्गम मानिने सीमामा तारबन्दी नजिक बीएसएफका अधिकारीहरू वेहिकल, केमल र फुट पेट्रोलिङको माध्यमले दिन-रात लगातार पेट्रोलिङ गर्नेछन्। सोही अवधि अरू दिनभन्दा धेरै पेट्रोलिङ गरिनेछ। अपरेशन अलर्टमा खुर्रा चेकिङ पनि तीव्र गरिन्छ। अपरेशन अलर्टमा सीमामा बीएसएफको इन्टेलीजेन्सी विङ पनि सक्रिय रहन्छ। यस बाहेक अन्य गोप्य एजेन्सीहरू र स्थानीय निवासीहरू र पुलिससित पनि बीएसएफको तालमेल रहन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी