सांसदहरूका लागि 184 नयाँ फ्ल्याटहरूको उद्घाटन, आवासको कमी पूरा हुनेछ
मोदी


नयाँ दिल्ली, 11 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँको बाबा खड़क सिंह मार्गमा सांसदहरूका लागि बनाइएका 184 नयाँ टाइप-VII बहुतले फ्ल्याटहरूको उद्घाटन गरे। उनले यसलाई सांसदहरूको ईज अफ लिविङमा सुधार र सरकारी खर्चामा कमीको दिशामा अहम कदम बताए। यस परिसरका चार टावर छन्। यसको नाम देशका प्रमुख नदीहरू कृष्णा, गोदावरी, कोसी र हुगलीको नाममा राखिएको छ।

प्रधानमन्त्रीले यसको निम्ति आयोजित एक कार्यक्रममा भने, हालमा कर्तव्य पथमा केन्द्रिय सचिवालय ‘कर्तव्य भवन’ को लोकार्पण भएको थियो र अब सांसदहरूका लागि यो नयाँ आवास परिसर तयार भएको छ। टावरको नाम नदीहरूको नाममा राखिने परम्परा देशको एकतालाई मजबूत बनाउँदछ।

प्रधानमन्त्रीले बताए, नयाँ आवासले पुराना सांसद भवनहरूको जर्जर स्थितिदेखि मुक्ति दिलाउनेछ। पहिले सांसदहरूलाई आवास सम्बन्धी कठिनाईहरूको बारम्बार सामना गर्नुपर्थ्यो। अब उनीहरू यी समस्याहरूदेखि मुक्त भएर जनताका समस्याहरूको समाधानमा अधिक समय र उर्जा लगाउनसक्नेछन्।

उनले भने, यो परियोजनाले पहिलो पल्ट सांसद बन्नेहरूलाई दिल्लीमा आवास आवंटनमा आइपर्ने कठिनाईहरूको समाधान दिनेछ। यी बहुतले बिल्डिङमा 180 भन्दा अधिक सांसद एकसाथ बस्न सक्नेछन्। पहिले धेरै मन्त्रालय भाड़ाको बिल्डिङमा चल्नेगर्थ्यो, जसमा हरेक साल लगभग 1,500 करोड़ रूपियाँ खर्चा हुनेगर्थ्यो। सांसद आवासको कमीले पनि सरकारी खर्चा बढ्नेगर्थ्यो।

उनले भने, 2004-2014 सम्म लोकसभा सांसदहरूको निम्ति एउटै पनि नयाँ आवास बनेको थिएन, जबकि 2014 पछि यसलाई मिशन मोडमा लिइयो। अहिलेसम्म यी फ्ल्याटहरू समेत लगभग 350 सांसद आवास बनाइएको छ, जसबाट जनताको पैसा बचिरहेको छ। उनले यस निर्माणमा जोड़िएका अभियन्ताहरू र श्रमिकहरूको परिश्रमको सराहना गरे। यी आवासहरूमा सतत विकासका मानकहरूको पालन गरिएको छ र यो परिसर स्वच्छता र एक भारत, श्रेष्ठ भारतको भावनाको प्रतीक बन्नेछ। प्रधानमन्त्रीले सांसदहरूसित परिसरमा स्वच्छता प्रतियोगिता र विभिन्न राज्यहरूका चाँड़हरूको सामूहिक आयोजन गर्ने अपील गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande