गान्तोक, 11 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले पश्चिम पाण्डमको सिङ्गलेबुङ निवासी एक 78 वर्षीय वृद्ध उपमान छेत्रीसॅंग शिष्टाचार भेट गरेका छन्। मुख्यमन्त्रीले आज बिहान मिन्तोकगाङस्थित आफ्नो आधिकारिक आवासमा वृद्धसॅंग भेट गरेको जानकारी सामाजिक सञ्जाल फेसबुकमा फोटासहित साझा गरेका छन्।
मुख्यमन्त्रीले छेत्री एक समर्पित समर्थक र दयालु शुभचिन्तक रहेको बताएका छन्। उनले वृद्ध छेत्रीको सुस्वास्थ्य, शान्ति र आगामी धेरै वर्षसम्म बल प्राप्त भइरहोस् भनी कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल