उत्तराखण्डमा वर्षा जारी, मातली हेलीप्याडमा धरालीको लागि उड्न सकेन हेलीकप्टर
उत्तराखण्डमा वर्षा जारी, मातली हेलीप्याडमा धरालीको लागि उड्न सकेन हेलीकप्टर


देहरादून, 11 अगस्त (हि.स.)। उत्तराखण्डमा पानी पर्ने क्रम अझै पनि जारी रहेको छ। आज फेरि मौसम विभागले अल्मोडा, देहरादून, हरिद्वार, नैनीताल, पौडी गढ़वाल, उधमसिंहनगरमा वर्षाको रेड अलर्ट जारी गरेको छ। राज्यका सबै प्रमुख नदीहरूको जलस्तर बढेका छन्।

अर्कातिर, उत्तरकाशीको मातलीबाट धरालीको लागि हेली सेवा प्रभावित बनेको छ। यहॉं अहिले रेस्क्यू रोकिएको छ। बदरीनाथ मार्ग पैह्रोका कारण बन्द छ भने केदारनाथ यात्रा पनि बन्द छ। गंगोत्री र यमुनोत्री यात्रा पनि बन्द छन्।

मौसम विभागले राज्यका छ जिल्लाहरूमा रेड अलर्ट जारी गरेको छ। ल्याण्डस्डाउन, रूड़की, रायवाला, कोटद्वार, रामनगर, काशीपुर, रानीखेत, लालकुआं र छेउछाउका क्षेत्रहरू भारी वर्षाको अलर्ट जारी गरिएको छ। राज्य आपदा प्रबन्धन प्राधिकरणले सबै जिल्लाहरूलाई सतर्क बस्न निर्देश जारी गरेको छ।

राज्य आपदा प्रबन्धनका सचिव विनोद सुमनले भने, नदीहरूको किनारमा विशेष सतर्कता अपनाइएको छ, यस अतिरिक्त संवेदनशील क्षेत्रहरूमा सुरक्षा बलले निगरानी गरिरहेका छन्। उत्तरकाशीको मातली हेलीप्याडबाट वर्षाका कारण हेलीकप्टर सेवा बन्द छ। मौसम सफा भएपछि हेलीकप्टर सेवा शुरू गरिने छ।

उत्तरकाशीका जिल्ला अधिकारीले भने, विभिन्न ठाउॅंमा फसेका यात्रीहरूको रेस्क्यू गरिएको छ, अब स्थानीय मानिसहरू मात्र त्यहॉं उपस्थित छन्। उनीहरूका लागि खाद्यान्न सहित अन्य व्यवस्थाको व्यवस्था गरिएको छ। गंगनानीमा क्षतिग्रस्त पुलका कारण बेली ब्रिजबाट वाहनहरूको आवागमन शुरू गरिएको छ। डबरानीमा क्षतिग्रस्त सडक मर्मतपछि वाहनहरूको आवागमन शुरू गरिने छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande