फतेहपुर, 11 अगस्त (हि.स.)। उत्तर प्रदेशको फतेहपुर जिल्लामा सोमवार आबूनगर रेडाइया स्थित दुई सय वर्ष पुरानो एतिहासिक मकबराको भवनलाई ठाकुरजीको मन्दिर बताउँदै हिन्दू संगठनहरूका युवकहरूले त्यहाँ भगवा झण्डा फहराएका छन्। यस अवधि प्रदर्शनकारीहरूले त्यहाँ बनेका मजारहरूमा तोड़फोड़ गरे औं जमेर हंगामा गरे। यसपछि यहाँको स्थिति तनावपूर्ण बनेको छ। प्रशासनिक अधिकारी र भारी संख्यामा पुलिस बल घटनास्थलमा छन्।
विश्व हिन्दू परिषद, बजरंग दल र भाजपा नेताहरूको आह्वानमा भारी संख्यामा मानिसहरू एकत्र भएर मकबरा क्षेत्रमा पसे। यो भारी भीड़ले पुलिस प्रशासनको तीन किलोमीटरको परिधिमा तीन ठाउँ लागेको बेरिकेडिङलाई तोड्दै मकबरा स्थलसम्म पुग्यो। भगवा झण्डा लिएका यी युवाहरूले जमेर हंगामा गरे र मकबरामा भगवा झण्डा लगाए। युवकहरूले त्यहाँ बनेका मजारहरूलाई पनि क्षतिग्रस्त गरेका छन्।
बताइएको छ कि यस कृत्यलाई लिएर मुस्लिम पक्षले विरोध गर्दा मारपीट र ढुंगामुड़ा शुरू भयो। यसमा पुलिसले हिन्दू संगठनहरूका मानिसहरूलाई बाहिर गरी मकबरामा लगाइएको भगवा झण्डा निकालेर माहोललाई शान्त गर्ने प्रयास गऱ्यो। घटनास्थलमा दुवै पक्षका मानिसहरूले जमेर नाका लगाए। जिल्लाका तमाम प्रशासनिक अधिकारी र भारी संख्यामा पुलिस तैनाथ छ। दुवै पक्षमा तनाउको स्थिति बनेको छ। यस सम्बन्धमा अहिले कुनै आधिकारिक जानकारी अघि आएको छैन। विस्तृत जानकारीको प्रतिक्षा छ।
हिन्दुस्थान समाचार / भवानी थामी