कछार (असम), 12 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्य पुलिसले एउटा ठूलो उपलब्धि हासिल गरेको जानकारी दिएका छन्। मुख्यमन्त्रीले भने, असम पुलिसले नशाको व्यापारलाई जरैदेखि निर्मूल पार्नको लागि लगातार अभियान संचालन गरिरहेको छ। यसै क्रममा कछार जिल्लाको धोलाई क्षेत्रमा एउटा ठूलो सफलता हासिल भएको छ।
मुख्यमन्त्री अनुसार कछार पुलिसले एक अभियान अन्तर्गत दुईवटा वाहनहरूलाई रोकेर जाँच गऱ्यो जसमा 464 ग्राम हेरोइन जफ्त गरियो। जफ्त गरिएको मादक पदार्थको अन्तर्राष्ट्रिय बजारमा अनुमानित मूल्य लगभग 2.5 करोड़ रुपियाँ रहेको तबताइएको छ। यस कारबाहीमा पुलिसले दुई तस्करहरूलाई घटनास्थलबाटै पक्राउ गरियो।
पुलिस मुताविक यो हेरोइन एक संगठित नशा तस्करी नेटवर्कको एक भाग थियो जसलाई धोलाई हुँंदै अन्य क्षेत्रहरूमा पठाउनुथ्यो। जफत गरिएपछि पुलिसले दुव आरोपीविरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर अग्रिम जाँच शुरू गरेको छ।
मुख्यमन्त्रीले यस सफलताको लागि कछार पुलिसलाई बधाई दिँदै भने, राज्यमा मादक पदार्थहरूविरूद्ध लड़ाईलाई अझ तीव्रता दिइनेछ ताकि असमलाई ड्रग-फ्री बनाउने लक्ष्य पूरा हुन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा