असम र गोवाको सम्बन्ध बलियो रहनेछः प्रमोद सावन्त
असम र गोवाको सम्बन्ध बलियो रहनेछः प्रमोद सावन्त


गोलाघाट (असम), 12 अगस्त (हि.स.)। गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तले भनेका छन्, असम र गोवाबीच सदैब बलियो सम्बन्ध रहनेछ, किनभने आज गोवा पुलिसको रंगरूट असममा ट्रेनिंग लिएर गोवा गइरहेको छ। मंगलवार गोवा पुलिसका जवानहरूको पासिंग परेडमा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्रीडा.सावन्तले परेडको निरीक्षण गरेपछि पत्रकारहरूलाई सम्बोधन गरिरहेका थिए।

उनले भने, असमका मानिसहरू गोवा जाँदा स्वभाविक रूपमा यहाँ ट्रेनिंग लिएका गोवा पुलिसका जवानहरूको उनीहरूप्रति हेर्ने दृष्टिकोण अलग हुनेछ, किनभने उनीहरूले असमका मानिसहरूमाझ रहेर ट्रेनिंग हासिल गरेका छन्। मुख्यमन्त्रीले भने, असम र गोवाबीचको सम्बन्ध यसबाट झन् सुदृढ़ हुनेछ।

उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको अखण्ड भारत, एक भारत, श्रेष्ठ भारतको परिकल्पना यसबाट अझ सशक्त हुनेछ। किनभने एउटा राज्यको व्यक्ति अर्को राज्यमा गएर बस्दा त्यस राज्यप्रति निश्चित रूपमा लगाउ बढ़्नेछ। यस अवधि मुख्यमन्त्री सावन्तले असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको सराहना पनि गरे।

ज्ञात रहोस्, गोवा पुलिसका 700 जना पुरुष एवं महिला रंगरुटहरूले गोलाघाट जिल्लास्थित लचित बरफुकन पुलिस अकादमीमा दश महिना एक सप्ताहको प्रशिक्षण लिए। यसअघि मणिपुर पुलिसका रंगरूटहरूले पनि यहाँ प्रशिक्षण प्राप्त गरिसकेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande