कोलकाता, 12 अगस्त (हि.स.)। सचिवालय अभियान अवधि पुलिससित अभद्रता तथा कुटपिट गरेको मामिलामा भारतीय जनता पार्टी (भाजपा) विधायक अशोक डिंडालाई न्यू मार्केट थानाबाट जाँचबुझको लागि बोलाइएको छ। उनलाई आगामी 17 अगस्तको दिन थानामा उपस्थित हुने निर्देश दिइएको छ। यो मामिला गत नौ अगस्तमा भएको नवान्न अभियानसित जोड़िएको छ।
एक जना अधिकारीले मंगलवार बताए, आर.जी. कर मामिलाकी पीड़िताका माता-पिताले गत नौ अगस्तमा सचिवालय अभियानको आह्वान गरेका थिए। यो प्रदर्शनलाई गैर-राजनीतिक बताइएको थियो, तर कार्यक्रममा भाजपाका केही शीर्ष नेताहरू जस्तै विपक्षका नेता शुभेन्दु अधिकारी, अशोक डिंडा औ अग्निमित्रा पालहरू सामेल भए। प्रदर्शन अवधि मुख्यमन्त्री ममता ब्यनर्जीविरूद्ध तीव्र नाराबाजी गरियो साथै कानून-व्यवस्थालाई कायम राख्ने क्रममा पुलिस कर्मीहरूसित धक्का-मुक्का तथा अभद्रता गरिएको आरोप लाग्यो। पुलिसको दाबी छ, यस अवधि तीनजना कन्स्टेबल घाइते भएका छन् भने एकजना आईपीएस अधिकारीसित कुटपिट गरिएको छ।
यसै घटनाको आधारमा दर्ता एफआईआर अन्तर्गत अशोक डिंडालाई नोटिस जारी गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा