सिलगढ़ी, 12 अगस्त (हि.स.)। आज विश्व हात्ती दिवस हो। यस दिनलाई मनाउनको लागि प्रकृति प्रेमीहरूद्वारा विभिन्न कार्यक्रमहरूको आयोजन गरिएको छ। हात्तीहरूलाई बचाउने सन्देश लिएर नेचर एनभाइरमेन्ट एण्ड वाइल्ड लाइफ सोसाइटी तथा खरसाङ वन विभागको सहयोगमा मंगलवार नक्सलबाड़ी कदमा मोड़मा एक बाइक ऱ्याली निकालियो।
ऱ्यालीमा पशु प्रेमीहरूले भाग लिए। ऱ्यालीको माध्यमबाट सबै मानिसहरूलाई हात्तीहरूको सुरक्षाको सन्देश दिइयो। यस अवसरमा खरसाङ वन विभागका डीएफओ देवेश पाण्डे, एडीएफओ राहुल देव मुखर्जी, पञ्चायत समिति अध्यक्ष आनन्द घोष, उपाध्यक्ष सजनी सुब्बा, पञ्चायत समितिकी कार्यकारी निदेशक पद्मा दे राय, मणिराम प्रधान, गौतम घोष आदि उपस्थित थिए।
डीएफओ देवेश पाण्डेले भने, जागरूकता बढ़ाउनको लागि हरसम्भव प्रयास गरिँदैछ। हात्तीहरूको आवागमनमाथि नजर राख्नको लागि एक नियन्त्रण कक्ष तथा हेल्पलाइन नम्बर पहिलाबाटै स्थापित गरिसकिएको छ। यस वर्ष जंगललाई बढ़ाउनको लागि एक लाख बिरूवा रोपिएको छ।
यसरी नै पञ्चायत समिति अध्यक्ष आनन्द घोषले भने, हात्तीहरूको भोजनको लागि रूखहरू रोपिँदैछ। हात्तीहरूको हमलाबाट प्रभावित परिवारहरूलाई सहायता राशि तथा नोकरी दिने व्यवस्था गरिएको छ।
सोसाइटीका सचिव अनुजित बसुले भने, हात्ती तथा मनुष्यबीचको संघर्षलाई रोक्नको लागि सह-अस्तित्वको सन्देशमाथि प्रकाश पार्दै गाउँहरमा जागरूकता बढ़ाउनुपर्छ जसको लागि प्रयास गरिँदैछ जुन प्रयासको शुरूआत आज यस ऱ्यालीको माध्यमबाट भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा