प्रदेश कंग्रेसको राजभवन अभियान अवधि बबाल, केही कार्यकर्ताहरू हिरासतमा
प्रदेश कंग्रेसको राजभवन अभियान अवधि बबाल, केही कार्यकर्ताहरू हिरासतमा


कोलकाता, 12 अगस्त (हि.स.)। राहुल गान्धी र विपक्षी सांसदहरूको कथित उत्पीड़नको विरोधमा प्रदेश कंग्रेसद्वारा आयोजित राजभवन अभियान अवधि मंगलवार व्यापक बबाल मच्चियो। यस अवधि पुलिस र कंग्रेस कार्यकर्ताहरूमाझ झड़प पनि भयो। त्यसपछि पुलिसले प्रदेश कंग्रेस अध्यक्ष शुभंकर सरकार सहित केही कार्यकर्ताहरूलाई हिरासतमा लिएर प्रिजनभ्यानमा ल्याइयो।

मंगलवार अपरान्ह जुलूस राजभवनतर्फ बढ़्नसाथ कंग्रेस नेतृत्वको पुलिससित झड़प भयो। एक जना कार्यकर्ता ब्यारिकेड नाघेर राजभवन अगाड़ि पुगे। पुलिसले तिनलाई हिरासतमा लियो। त्यसपछि प्रदेश कंग्रेसअध्यक्ष शुभंकर र अन्य नेताहरू राजभवनको गेट सामु धर्नामा बसे। उनीहरूले माग गरे, सबैलाई पक्राउ गरियोस्। केही समयपछि पुलिसले तिनी लगायत अन्य नेताहरूलाई प्रिजनभ्यानमा पुऱ्यायो।

जुलूसमा सामेल शुभंकरले भने, राहुल गान्धीले भोटचोरी भएको पत्तो लगाएका छन्। भाजपाले चुनाउ आयोगसित मिलेर भोट चोरेको छ।दिल्लीमा विपक्षी सांसदहरूलाई सताइरहेको छ।कंग्रेसको यो राजभवन अभियान यसैको विरोधमा हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande