सिलगढ़ी, 12 अगस्त (हि.स.)। प्रधान नगर थानाको पुलिसले आग्नेयास्त्र सहित एक सूचीबद्ध अपराधीलाई पक्राउ गरेको छ। पक्रा पर्ने अपराधीको नाम मोहम्मद फिरोज हो जो कालेबुङ निवासी रहेको बताइएको छ। मंगलवार थाना प्रभारी बीडी सरकारले पत्रकार सम्मेलनको माध्यमबाट यस आशयको जानारी गराए।
थाना प्रभारी बीडी सरकारले बताए, बितेको अबेर राति गुरूङ बस्ती क्षेत्रबाट उनीहरूको टीमले एक जना संदिग्ध युवकलाई समात्यो। जाँचबुझमा युवकले बतायो, उ कालेबुङको आठ माइल निवासी हो, त्यसपछि पुलिसलाई शंका लाग्यो। जाँच गर्दा उसको कम्मरबाट आग्नेयास्त्र र एउटा जिउँदो कारतूस भेटियो। त्यसपछि पुलिस टीमले युवकलाई पक्राउ गऱ्यो। युवक कुन उदेश्य लिएर यहाँको आएको थियो, जाँचबुझ गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा