नयाँ दिल्ली, 12 अगस्त (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार भारतीय अन्तरिक्ष कार्यक्रमका जनक डा. विक्रम साराभाईलाई उनको जयन्तीमा स्मरण गरिन्। उनले भनिन्, डा. विक्रम साराभाईले दूरदृष्टि तथा अदम्य संकल्पबाट भारतलाई अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा नयाँ शिखरमा पुऱ्याए।
रेखा गुप्ताले सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट साझा गर्द लेखिन्, भारतीय अन्तरिक्ष कार्यक्रमका जनक तथा वैज्ञानिक डा. विक्रम सारभाईको जयन्तीमा उनलाई सादर नमन गर्दछु। डा. विक्रम साराभाइले आफ्नो अद्वितीय दृष्टिकोण तथा दूरदर्शी सोचले देशमा अन्तरिक्ष अनुसन्धानको आधारशिला राखे तथा भारतलाई विज्ञान एवं प्रौद्योगिकीको क्षेत्रमा नयाँ उच्चतामा पुऱ्याए।
गुप्ताले भनिन्, भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (आईएसआरओ)-को स्थापनादेखि लिएर उपग्रह प्रक्षेपणसम्म उनका प्रयासहरूले देशलाई वैश्विक अन्तरिक्ष मानचित्रमा एक विशिष्ट स्थान दिलायो। उनको योगदानलाई हरेक भारतीयले सदैव कृतज्ञता तथा गर्वको साथमा स्मरण गरी प्रेरणा प्राप्त गरिरहनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा