कोलकाता, 12 अगस्त (हि.स.)। दीघामा भगवान जगन्नाथको मन्दिर निर्माण गरेपछि अब पश्चिम बंगाल सरकारले राज्यमा दुर्गा मन्दिर बनाउने भएको छ। बिहीवार साँझ सम्पन्न भएको राज्य मन्त्रीमण्डलको बैठकमा यस परियोजालाई स्वीकृति दिइयो। मन्दिरको नाम ‘दुर्गा आँगन’ राखिनेछ।
राज्यका बिजुली मन्त्री अरूप विश्वासले मंगलवार बिहान यसको पुष्टि गर्दै बताए, ‘दुर्गा आँगन’- को निर्माण राज्य पर्यटन विभाग र पश्चिम बंगाल हाउसिंग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन (डब्ल्यूबीहिडको)-ले संयुक्त रूपमा गर्नेछ। यसको लागि दुवै विभागले मिलेर एउटा ट्रस्ट बनाउनेछ जसले निर्माण कार्यको जिम्मेवारी सम्हाल्नेछ।
उनले भने, हाल ‘दुर्गा आँगन’ कहाँ बनाइने हो, स्थान तय भएको छैन। स्थान चयन भएपछि बजेट तथा अन्य औपचारिकता तय गरिनेछ। उल्लेखनीय छ, दिघामा भगवान जगन्नाथको मन्दिर निर्माण पनि जब्ल्यूबीहिडले नै गरेको थियो।
दिघाको जगन्नाथ मन्दिर शुरूबाटै विवादमा घेरिँदै आएको छ। विपक्षले प्रश्न उठाएको थियो, सरकारले राज्यको कोषबाट धार्मिक स्थलको निर्माणमाथि सार्वजनिक धन कसरी खर्च गर्नसक्छ। विवाददेखि बच्नको लागि सरकारले आधिकारिक रेकर्डमा मन्दिरको नाम ‘श्री जगन्नाथ धाम सांस्कृतिक केन्द्र’ दर्ता गराएको छ, तर ‘धाम’ शब्दलाई लिएर फेरि नयाँ विवाद उत्पन्न भएको छ। धार्मिक विद्वानहरू अनुसार बद्रीनाथ, रामेश्वरम, द्वारका औ पुरी अतिरिक्त अन्य कुनै मन्दिरलाई ‘धाम’ भन्न सकिँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा