झाड़ग्राम, 12 अगस्त (हि.स.)। झाड़ग्रामको धानघोरी र छोलाखाली क्षेत्रमा मंगलवार भोर बिहान लगभग 25 वटा जंगली हत्तीहरूको बथान पस्यो जसले गर्दा ग्रामीणहरूमा भाग-दौड़ मच्चियो। बिहान हुन अगावै हात्तीहरूले धानघोरी निमतला क्षेत्रमा उत्पात मच्चाउन शुरू गऱ्यो। ताजा रोपिएको धानको फसल र खाद लगाइएको खेत क्षणभरमै बर्बाद भयो।
ग्रामीणहरू खेत र फसललाई बचाउने भरसक प्रयास गरे, तर डेढ़-दुई दर्जन हात्तीहरूको अगाड़ि उनीहरूको प्रयास असफल साबित भयो। हात्तीहरूको बथान लामो समयसम्म दुवै गाउँ अनि खेतहरूमा घुमिरह्यो, त्यसपछि जंंगलमा फर्कियो।
किसानहरूको आरोप छ, हात्तीहरू यति धेरै संख्यामा आएको भए पनि वन विभागका कुनै अधिकारी वा कर्मचारी घटनास्थलमा गएनन्। उनीहरूको भनाइ छ, तत्कालिक कारबाही तथा रोकथामको अभावमा नोक्सान अझ बढ़्यो। पीड़ित किसानहरूले अब तत्काल उचित क्षतिपूर्तिको माग गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा