कुचबिहार, 12 अगस्त (हि.स.)। जिल्लाको मेखलीगञ्ज अस्पताल पाड़ामा आगो लागेर चार वटा पसल जलेर खरानी भएको छ। यस घटनामा लाखौं रुपियाँको नोक्सान भएको बताइन्छ। तथापि घटनामा कुनै प्रकारको जनहानि भएको छैन। आगो मंगलवार भोर बिहान 3.30 बजी लागेको थियो। प्राप्त जानकारी अनुसार एकजना एम्बुलेन्स चालकले आगोलाई देखेर दमकल विभागलाई सूचना दिए। सूचना पाएर दु ईवटा दमकल वाहन सहित दमकल कर्मीहरू घटनास्थलमा पुगे अनि आगोलाई नियन्त्रण ग र्न जुटे। तर त्यसबेलासम्ममा चारवटा पसलहरू जलेर खरानी भइसकेको थियो। आगोमा लाखौं रुपियाँको नोक्सान भएको छ।
पीड़ित पसलका मालिक बिमल बर्मनले बताए, बिहान एक जना मानिस मेरो घरमा आएर पसलमा आगो लागेको सूचना दिए। म पसलमा पुग्दा दमकल कर्ममीहरूले आगोलाई निभाइरहेका थिए, तर पसलमा रहेका सामानहरू केही पनि बचेको थिएन। ऋण लिएर पसल बनाएको थिएँ। मेरो परिवार यसै पसलमाथि निर्भर छ। मैले बुझ्न सकिरहेको छुइनँ कि अब के गर्नु। लगभग साढ़े चार लाख रुपियाँको नोक्सान भएको छ।
मेखलीगञ्ज फायर स्टेशनका प्रभारी अधिकारी एन्टनी साहाले भने, घटनाको खबर पाउनसाथ मेखलीगञ्ज तथा हल्दीबाड़ीका दमकलकर्मीहरू घटनास्थलमा पुगे। आगो शर्ट सर्किटको कारणले लागेको हुनसक्ने अनुमान लगाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा