सिलगढ़ी, 12 अगस्त (हि.स.)। माटीगाड़ा थानाको पुलिसले परिवहन नगर क्षेत्रमा अभियान संचालन गरी पाँच जना उपद्रवीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने उपद्रवीहरूमा मनिष तामाङ (23), मनमोहन बर्मन (22), विकास चन्द्र राय (32) पशुनाथ बर्मन (28 और विश्वजीत विश्वास (18) सामेल छन्। पुलिसले आरोपीहरूबाट केही हतियार अनि एउटा मोटरसाइकल जफत गरेको छ।
सूत्र अनुसार गए सोमवार अबेर राति उपद्रवीहरूले माटीगाड़ा बजार क्षेत्रमा कुनै ठूलो घटनालाई परिणाम दिने योजना बनाउनको लागि परिवहन नगरमा भेला भएका थिए जसको सूचना माटीगाड़ा थानाको पुलिसले पाएर अभियान संचालन गऱ्यो। अभियान अवधि पाँच जना उपद्रवीहरूलाई पक्राउ गरियो भने दुई जना भाग्न सफल भए। पुलिसले घटनास्थलबाट हतियार र एउटा मोटरसाइकल जफत गरेको छ। माटीगाड़ा थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा