चुञ्चुरामा पुलिसमाथि भएको हमलाको भीडियो भाइरल
चुञ्चुरामा पुलिसमाथि भएको हमलाको भीडियो भाइरल


हुगली, 12 अगस्त (हि. स.)। चन्दननगर पुलिस कमिश्नरेटको मुख्यालयदेखि केही टाड़ा चुञ्चुरा इमामबाड़ा अस्पताल नजिक पुलिसमाथि भएको हमलाको एउटा भीडियो भाइरल भएको छ। यस भीडियोमा देख्न सकिन्छ, पुलिसका एकजना जवानलाई उर्दीमा समातेर दुई जना युवक र एक जना महिलाले सार्वजनिक रूपमा तानिरहेका छन्।

पुलिसकर्मी वाहनमा बस्ने प्रयास गर्छन्, तर युवकले त्यहाँबाट पनि तिनलाई तानेर केही टाड़ा लिएर गइरहेको छ। घटनास्थलमा मानिसहरूको भीड़ तथा अन्य पुलिसका जवानहरूले मुकदर्शक भएर रमिता हेरिरहेका छन्। तथापि यस भीडियोको सत्यताको पुष्टि हिन्दुस्थान समाचार-ले गर्दैन। तर एक मिनट 55 सेकेण्डको यो भीडियो मंगलवार द्रूत गतिमा सोशल मीडियामा भाइरल भइरहेको छ।

स्थानीय सूत्र मुताविक यो घटना गत 9 अगस्तको दिन चुञ्चुड़ा इमामबाड़ा सदर अस्पताल नजिक भएको हो। भीडियोमा देखिएका युवकहरू र महिला स्थानीय तृणमूल पार्षद समीर सरकारको अत्यन्त निकटवर्ती हुन्।

पुलिस जवानमाथि सार्वजनिक रूपमा भएको यस हमलाले चन्दननगर पुलिस कमिश्नरेटको कार्यप्रणालीमाथि पनि प्रश्न उठाइरहेको छ। यद्यपि यो समाचार लेखुञ्जेलसम्म यस मामिलामा चन्दननगर पुलिस कमिश्नरेटको पक्षबाट कुनै प्रतिक्रिया पाइएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande