गोसाई गाउँको मथामबिल क्षेत्रको जनजीवन बाढ़ीबाट प्रभावित
गोसाई गाउँको मथामबिल क्षेत्रको जनजीवन बाढ़ीबाट प्रभावित


कोकराझार (असम), 12 अगस्त (हि.स.)। तल्लो असमको कोकराझार जिल्ला अन्तर्गत गोसाई गाउँको मथामबिल क्षेत्रमा बाढ़ी आएको कारण आम जनजीवन प्रभावित भएको छ। अचानक भुटानबाट आएको पानीले जोनाली नदीको जलस्तर बढ़ेपछि यस वरपरका अञ्चलहरूमा बाढ़ीको स्थिति उत्पन्न भएको छ।

बाढड़ीले रायमोना राष्ट्रिय उद्यान छेवैमा रहेका कतिपय गाउँहरू, बल्लामझोरा, जोनाली, रायमोना, मथामबिल गाउँ आदि जलमग्न भएका छन् जसले गर्दा मानिसहरूमा हाहाकार मच्चिएको छ। पशु-पंक्षी, जीव-जन्तु सहित मनुष्यलाई समेत बस्न-खान समस्या भइरहेको छ। विभागीय अधिकारीहरूले पहिलाबाटै घटनास्थलमा पुगेर स्थितिको जायजा लिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande