कोलकाता, 12 अगस्त (हि. स.)। आर.जी. कर मेडिकल कलेजकाण्डकोवर्षगाँठमा आयोजित सचिवालय घेराउ अभियान अवधि पीड़िताकी आमामाथि कथित कुटपिट भएको मामिलामा कोलकाता पुलिसले भीडियो फुटेज जाँच गरिरहेको छ। बितेको शनिवार आयोजित यस अभियानमा मृतकाकी आमालाई घाइते बनाएको आरोप पुलिसमाथि लागेको थियो।
कोलकाता पुलिसका एक जना वरिष्ठ अधिकारीले मंगलवार बताए, केही फुटेजमा उनलाई टाउकोको दाहिने तर्फ हात राखेको देखिएको छ जहाँ चोटको निशान पनि थियो। तथापि शुरूआती जाँचमा यस्तो कुनै दृश्य साामु आएको छैन जसमा पुलिसकर्मीलाई उनीमाथि कुटपिट गर्दै गरेको देखिएको होस्। पुलिसको भनाइ छ, यो शुरूआती विश्लेषण मात्र हो र सबै फुटेजको विस्तृत जाँच गरेपछि नै स्पष्ट रूपमा केही भन्न सकिन्छ।
घटना घटेकोदिन मृतकाकीआमाले मीडिया समक्ष आरोप लगाएकी थिइन्,‘‘मैले न्याय मागे, त्यसैले आज मलाई कुटियो। केही पुलिसकर्मीहरूले मिलेर कुटे, हातको शंख पनि भाँचिदिए, टाउकोमा कुटे, सम्पूर्ण हातलाई घाइते बनाइदिए।’’
गत शनिवारको घटनापछि उनलाई अस्पताल लगियो जहाँ एक दिनको उपचारपछि उनलाई छुट्टी दिइयो। मृतकाका पिताले आरोप लगाए, ममता ब्यानर्जीको सरकारले यस्तो दबाव बनायो कि कुनै पनि सरकारी अस्पतालले उनकी पत्नीलाई भर्ती गरेन। पछि निजी अस्पतालमा भर्ती गराउनु पऱ्यो। त्यस अस्पतालमाथि पनि यस्तो दबाव बनाइयो कि उसको मेडिकल रिपोर्टमा पुलिसले कुटपिट गरेको र चोट लागेको कुरा उल्लेख गरिएकै छैन।
अर्कोतिर पुलिस आयुक्त मनोज वर्मालेआश्वासन दिए, यदि कसैले उनीमाथि हात उठाएको छ भने दोषीहरूलाई चिन्हित गरी कारबाही गरिनेछ। उनले भने, ‘‘हामी सबै पाटो अनि पक्षहरूको जाँच गरिरहेका छौं। सीसीटीभी फुटेजलाई हेरिरहेका छौं। हाल केही भन्न सम्भव छैन।’’
नवान्न अभियानमा भाजपा नेता औं कार्यकर्ताहरूको पनि उपस्थिति थियो। यस अवधि केही पुलिसकर्मीहरू पनि घाइते भए। विपक्षका नेता शुभेन्दु अधिकारीले भने, मृतकाकी आमाको चोट गम्भीर छ, उनको सीटी स्क्यान र एमआरआई भएको छ। मृतकाका पितालाई पनि सामान्य चोट लागेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा