तिनसुकिया (असम), 12 अगस्त (हि.स.)। मार्घेरिटामा भयावह सड़क दुर्घटना भयो। यस घटनामा विद्यार्थीहरू घाइते भए। मार्घेरिटा-पेंगरी रोडमा टमटम र म्याजिक आपस्त ठोक्किएर दुर्घटनाग्रस्त भयो। द्रूत गतिको म्याजिक (एएस-23बीसी-8435)-ले त्यसै दिशामा गइरहेको वाहन (एएस-23ई-4471)-लाई पछिबाट ठक्कर दियो जसले गर्दा यो गम्भीर दुर्घटना भयो।
दुर्घटनामा टमटम चालक समेत स्कूलका केही विद्यार्थीहरू घाइते भए। सबैलाई स्थानीय मानिसहरूको तत्परतामा मार्घेरिटा एफ.आर.यू. अस्पतालमा भर्ती गराइयो। तर चालक सहित गम्भीर रूपमा घाइते मानिसहरूलाई उन्नत उपचारको निम्ति जिल्ला सदरमा रेफर गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा