जम्मू कश्मीरको डोडामा आकस्मिक गोली चल्दा सैनिकको मृत्यु
जम्मू कश्मीरको डोडामा आकस्मिक गोली चल्दा सैनिकको मृत्यु


जम्मू, 12 अगस्त (हि.स.)। जम्मू-कश्मीरको डोडा जिल्लास्थित एउटा शिविरभित्र एक जना सैन्यकर्मीको सर्भिस राइफल भुलवश चलेको कारण उसको मृत्यु भयो।

अधिकारीहरूले बताए, गए सोमवार भदवाहको सरना क्याम्पमा सिपाही सुरेश बिस्वाल गार्ड ड्यूटीमा तैनाथ थिए, यसै अवधि उनका साथीहरूले उनको चौकीबाट गोली चलेको आवाज सुने। उनीहरूले बताए, सिपाहीलाई रगताम्मे अवस्थामा भेटियो र हतार-हतार तिनलाई अस्पताल लगियो जहाँ डाक्टरहरूले मृत घोषित गरिदिए।

भद्रवाहका पुलिस अधीक्षक विनोद शर्माले भने, प्रारम्भिक जाँचमा थाहा लागे अनुसार ओडिशा निवासी सिपाहीको मृत्यु आफ्नै सर्भिस राइफलको च्याम्बरलाई खाली गर्ने क्रममा अचानक गोली लागेर भएको हो। उनले भने, उसको मृत्युको सही कारण पत्तो लगाउनको लागि जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande